BIZMANDU
www.bizmandu.com

हरेक शुक्रबार नेपाल मेडीसिटी अस्पतालमा निःशुल्क मुटुरोग परामर्श, थप परीक्षण गर्नुपरे सहुलियत

२०७५ पुष २६

काठमाडौं। नेपाल मेडीसिटी अस्पताललमा सर्वसाधारणहरुले हरेक शुक्रबार मुटुरोगको निशुल्क परामर्श पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

नयाँ वर्ष २०१९ को उपलक्ष्यमा अस्पतालले प्रत्येक शुक्रबारको दिन बिहान ९ बजेदेखी दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञहरुसँग निःशुल्क परामर्शको अवसर प्रदान गर्ने भएको हो।

मुटुरोगको परामर्शको आवश्यकतालाई मध्यनजर गरी अस्पतालले सर्वसाधारणका लागि विशेष अभियान सञ्चालन गरेको जनाएको छ। धेरै जसो मानिसमा मुटुरोगको लक्षण महशुस नहुने र समस्या हुँदा हुँदै पनि त्यसबारेमा अवगत नहुने भएका कारण मुटु सम्बन्धि समस्या या मुटुरोग बढ्दै गएका कारण यो अभियानले बेलैमा समस्याको पहिचान र उपचारमा टेवा पुग्ने विश्वास गरिएको छ।

नेपाली समुदायमा अझैपनि समस्या नदेखिएसम्म अस्पतालमा उपचार गर्ने अभ्यास नरहेकाले स्वस्थ अवस्थामा पनि उपचार गरी ढुक्क रहन यस अभियानले प्रेरीत गर्नेमा अस्पतालका मुटुरोग विशेषज्ञहरुको अपेक्षा रहेको छ।
 
मुटु सम्बन्धि समस्याको परामर्शका लागि आउनुपूर्व नाम दर्ता गर्न नेपाल मेडीसिटी अस्पतालको व्यस्थापनले अनुरोध गरेको छ। परामर्शसँगै थप परीक्षण गर्नुपर्ने खण्डमा अस्पतालले विशेष सहुलियत समेत प्रदान गर्ने जनाएको छ। इसिजी, इको, र्‍याण्डम ब्लड सुगर, लिपिड प्रोफाइल, र क्रिएटिनाइन् लगायतको परिक्षणमा सहुलियत दिने अस्पतालले जनाएको छ। आगामी ३ महिनासम्मका लागि लागुहुने यस अवसरबाट मुख्यतः ४० वर्ष उमेर माथीका जोकोहिले पनि लाभ लिन सक्नेछन्।