Bizmandu
www.bizmandu.com

नेपाल पुर्नबीमा कम्पनी र प्रभु लाइफबीच सम्झौंता, २० प्रतिशत पुर्नबीमा हुने



काठमाडौं। नेपाल पुर्नबीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच २० प्रतिशत पुर्नबीमा गर्ने सम्झौंता भएको छ। चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार यो सम्झौंता भएको हो।

सम्झौंतापत्रमा पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभुका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरे।