BIZMANDU
www.bizmandu.com

बैंकमा जागिर खान मन छ? सांग्रिला डेभलपमेन्ट र गण्डकी विकास बैंकले मागे ७० भन्दा धेरै कर्मचारी

२०७५ पुष २५


काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकले ७० जना भन्दा धेरै कर्मचारी माग गरेको छ।

Tata
GBIME
Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकले ३३ वटा शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर र ३४ जना क्रेडिट इन्चार्ज माग गरेको छ।

बैंकले उपत्यकाभित्र तथा बाहिरका शाखा कार्यालयको लागि माग गरेको ब्रान्च म्यानेजरको लागि स्नातक गरि कम्तिमा पनि ४ वर्षको कार्यानुभव हुनु पर्ने योग्यता तोकेको छ।

त्यस्तै क्रेडिट इन्चार्जको लागि स्नातक गरी दुई वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक आवदेकले माघ ९ गतेसम्ममा आवदेन दिनु पर्ने बैंकले जनाएको छ।

त्यस्तै गण्डकी विकास बैंकले केही चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। केही संख्यामा सेमि क्वालिफायर्ड चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। बैंकले केही संख्यामा ब्रान्च इन्चार्ज, रिलेसनसिप अफिसर र म्यानेजमेन्ट ट्रेनी माग गरेको छ। इच्छुक आवदेकले माघ ९ गतेसम्म आवदेन दिनु पर्ने बैंकले जनाएको छ।