BIZMANDU
www.bizmandu.com

अन्त:शुल्कको असर: वीरगंजबाट मोबाइल सेट आयात आधा भन्दा बढीले घट्यो, भन्सारनै २ करोड कम

२०७५ पुष २५

अन्त:शुल्कको असर: वीरगंजबाट मोबाइल सेट आयात आधा भन्दा बढीले घट्यो, भन्सारनै २ करोड कम
अन्त:शुल्कको असर: वीरगंजबाट मोबाइल सेट आयात आधा भन्दा बढीले घट्यो, भन्सारनै २ करोड कम



वीरगंज। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अन्त:शुल्क लगाएपछि मोबाइलको आयात ठूलो गिरावट आएको छ। वीरगंज भन्सार कार्यालयबाट पाँच महिनाको अवधिमा मोबाइल आयात आधा भन्दा बढीले घटेको छ।

Tata
GBIME
Nepal Life

वीरगंज भन्सारका सूचना अधिकारी मनीष महतोका अनुसार पुस १६सम्म १ लाख १० हजार ६ सय ९८ थान मोबाइल सेट आयात भएको छ। गत वर्षको सोही अवधिमा २ लाख ४९ हजार २ सय ८० थान मोबाइल सेट भित्रिएको थियो।

 मोबाइलको आयात घटेपछि भन्सार राजस्व १ करोड ७८ लाखले घटेको छ। महतोका अनुसार गत वर्ष ३ करोड ५ लाख ९४ हजार रुपैयाँ बराबर भन्सार उठेको थियो। तर चालु आर्थिक वर्षको पाँच महिनामा मोबाइलबाट जम्मा २ करोड १४ लाख ५५ हजार रुपैयाँ बराबरको राजस्व उठेको छ।