काठमाडौं। योयोसोको नयाँ शाखा काठमाडौंको मैतीदेवीमा विस्तार भएको छ। कम्पनीले चाँडै नै बालाजुमा पनि यसको शाखा विस्तारको योजना बनाएको छ।
योयोसा स्टोरमा १ सय २५ देखि ३ हजार रुपैयाँसम्ममा सामाग्रीहरु पाइने जनाएको छ। सात किसिमका सेगमेन्टमा ५ हजारभन्दा बढी सामाग्रीहरु राखिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
कम्पनीले केही समयभित्रै दरबारमार्ग र न्यूरोडमा पनि शाखा बिस्तार गर्ने योजना सार्वजनिक गर्दै आगामी ५ वर्षमा ३० वटा स्टोर संचालन गर्ने जनाएको छ।
योयोसा फेसन डिपार्टमेन्टल स्टोर हो जसमा कस्मेटिक्स, घरेलु सामाग्री, ब्याग, स्टेशनरी, डिजिटल सामान तथा अन्य सामाग्री रहेको बिज्ञप्तीमा जनाइएको छ।
यस ब्राण्ड अन्तर्गत पहिलोपटक सन् २०१८ को अगष्टमा सिटी सेन्टरमा शाखा खुलेको थियो। पुल्चोक र ललितपुरमा पनि हाल यसका शाखा संचालनमा छन्।