BIZMANDU
www.bizmandu.com

डालिया बुटिक होटललाई लिडिङ फ्यामिली होटल अवार्ड, दोस्रोपटक एउटै अवार्ड पाउन सफल

२०७५ पुष २४

डालिया बुटिक होटललाई लिडिङ फ्यामिली होटल अवार्ड, दोस्रोपटक एउटै अवार्ड पाउन सफल
डालिया बुटिक होटललाई लिडिङ फ्यामिली होटल अवार्ड, दोस्रोपटक एउटै अवार्ड पाउन सफल

काठमाडौं। डालिया बुटिक होटलले लगातार दोस्रोपटक लिडिङ फ्यामिली होटेल अवार्ड प्राप्त गरेको छ। साउथ एसियन ट्राभल अवार्डले होटललाई सन् २०१८ का लागि पनि उक्त अवार्ड प्रदान  गरेको हो। 

Tata
GBIME
Nepal Life

सेप्टेम्बर १४ देखि १५ सम्म भारतको मुम्बईस्थित ताज महल प्लालेसमा आयोजित कार्यक्रममा कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको थियो। 

कम्पनीले सन् २०१७ मा पनि सोही शीर्षकमा अवार्ड प्राप्त गरेको थियो। पोखराको बैदामस्थित बुटिक होटेलले विगत तीन वर्षदेखि सेवा प्रदान गर्दै आएको छ। 

कम्पनीकी एक्जुकेटिभ मार्केटिङ एण्ड सेल्स प्रज्ञा खनालले अवार्ड ग्रहण गरेकी छन्। स्थापनाको छोटो समयमै पाहुनाको मन जित्न सफल भएकाले कम्पनीलाई यो सम्मान प्राप्त भएको उनले बताइन्। 

होटेलले सन् २०१७ माा विश्वचर्चित ट्राभल साइट ट्रिपएडभाइजरबाट प्राप्त गरिने ट्राभलर्स च्वाइस अवार्डसमेत प्राप्त गरेको थियो।