Bizmandu
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांस दिने, १८ प्रतिशत बोनस शेयर, पूँजी साढे १२ अर्ब पुग्ने

इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांस दिने, १८ प्रतिशत बोनस शेयर, पूँजी साढे १२ अर्ब पुग्ने


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांस प्रस्ताब गरेको छ। गत आर्थिक बर्षको नाफाबाट बैंकले २२ प्रतिशत नगद लाभांस र १८ प्रतिशत बोनश शेयर प्रस्ताब गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्र लाभांस साधारणसभामा लगिने बताए। साधारणसभाले पारित गरेपछि लाभांस शेयर लगानीकर्ताले पाउने छन्।
Sunrise Bank
Sipradee


बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड रुपैयाँ छ। १८ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी साढे १२ अर्ब रुपैयाँ पुग्ने छ। बैंकको बार्षिक साधारणसभा माघमा हुने छ।