BIZMANDU
www.bizmandu.com

उद्योग, वाणिज्य तथा आपूर्ति उपसमिति संयोजकमा श्रेष्ठ, श्रम तथा रोजगार उपसमितिमा लिम्बु

२०७५ मंसिर २०


काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिले तीनवटा उपसमिति गठन गरेको छ । उद्योग तथा वाणिज्य,उपभोक्ता हित,सार्वजनिक संस्थान र श्रम तथा रोजगार उपसमिति गठन गरेको छ।
 
 उद्योग, वाणिज्य तथा आपूर्ति उपसमिति संयोजकमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन्। विहिबार बसेको बैठकले श्रेष्ठलार्इ सर्वसम्मत  रुपमा संयोजकमा चयन गरिएको हो। श्रेष्ठ तनहुँ-१बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

Tata
GBIME
Nepal Life

उनले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललार्इ पराजित गरेका हुन्। उनले उपभोक्ता हितका मुद्दामा केन्द्रित रहेर काम गर्ने बताए। तथा रोजगार उपसमितिको संयोजकमा नेकपाका सांसद एलपी साँवा लिम्बु सर्वसम्मत चयन भएका छन् ।