BIZMANDU
www.bizmandu.com

ब्याज वृद्धि रोक्न एफएनसीसीआर्इले गुहार्यो सरकार, ‘निश्चित सीमाभित्र राख्न पहल होस्’

२०७५ मंसिर २०

ब्याज वृद्धि रोक्न एफएनसीसीआर्इले गुहार्यो सरकार, ‘निश्चित सीमाभित्र राख्न पहल होस्’
ब्याज वृद्धि रोक्न एफएनसीसीआर्इले गुहार्यो सरकार, ‘निश्चित सीमाभित्र राख्न पहल होस्’


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर युद्ध रोक्न सरकार गुहारेको छ। वाणिज्य बैंकले व्यक्तिगत निक्षेप खोस्न ब्याज बढाबढ गर्न थालेपछि महासंघले सरकार गुहारेको हो।
 
महासंघका निमित महानिर्देशक गोपाल तिवारीद्धारा जारी विज्ञप्तिमा बैंक तथा वित्तिय संस्थाबाट एकतर्फी रुपमा ब्याजदर वृद्धि हुँदा उद्योग व्यवसाय गम्भिर संकटमा परेको जनाउँदै ब्याजदर निश्चित सीमा भित्र राख्न सरकार, अर्थमन्त्रालय र राष्ट्र बैंकलार्इ आग्रह गरिएको छ। नेपाल बैंकर्स संघबाट व्यक्तिगत निक्षेपमा भद्रसहमति हटाएपछि बैंकहरुले निक्षेप तान्न ब्याज बढाबढ गर्न थालेका थिए।

Tata
GBIME
Nepal Life

सोमबारसम्म ११ प्रतिशत रहेको ब्याज दर बिहिबार आइपुग्दा साढे २ प्रतिशत बिन्दुले बढेर साढे १३ प्रतिशत पुगेपछि एफएनसीसीआर्इले विज्ञप्तिमार्फत सरकार गुहारेको हो। महासंघले ब्याजदर बढ्दा लगानी समेत निरुत्साहित भएको जनाएको छ। महासंघले ब्याजदरका कारण लगानी निरुत्साहित भएर सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्याउन कठिन हुने जनाएको छ।