BIZMANDU
www.bizmandu.com

बैंकर्स संघको कार्य समिति सदस्यमा तीन जना बैंकर निर्बिरोध चयन, बिके श्रेष्ठलाई सम्मान

२०७५ मंसिर २०

बैंकर्स संघको कार्य समिति सदस्यमा तीन जना बैंकर निर्बिरोध चयन, बिके श्रेष्ठलाई सम्मान
बैंकर्स संघको कार्य समिति सदस्यमा तीन जना बैंकर निर्बिरोध चयन, बिके श्रेष्ठलाई सम्मान

काठमाडौं। बैंकर्स संघको कार्य समिति सदस्यमा तीन जना बैंकर निर्बिरोध निर्वाचित भएका छन्। संघको बार्षिक साधारणसभाले रिक्त रहेको तीन सदस्यमा नयाँ अनुहारलाई चयन गरेको हो। 

Tata
GBIME
Nepal Life

खाली तीन सदस्यमा तीन जनाको मात्रै उमेद्वारी परेकाले साधारणसभाले यसलाई नै अनुमोदन गरेको हो। बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हटेलगत्तै संघको पद पनि खाली हुन्छ। सुदेश खालिङ लक्ष्मी बैंकबाट बाहिरिएपछि संघमा एक पद खाली भएको थियो। पहिलेदेखि नै रिक्त रहेको दुई पदमा अन्तरिम कार्यभार सम्हाल्ने गरी पर्शुराम कुँवर क्षेत्री र रत्नराज बज्रचार्यलाई जिम्मेवारी दिइएको थियो।

उनीहरुको ठाउँमा अरु दुई जनाको उमेद्वारी परेको थियो। रिक्त तीनमा ग्लोबल आइएमइ बैंकका जनक शर्मा पौडेल, माछापुछ्रे बैंकका सुमन शर्मा र सिभिल बैंकका गोबिन्द गुरुङले उमेद्वारी प्रस्तुत गरेका थिए। उनीहरुलाई साधारणसभाले अनुमोदन गरेको छ।

पर्शुराम कुँवर र रत्नराजले उमेद्वारी दिन चाहेनन्। पर्शुरामले नयाँलाई ठाउँ छाडिदिनु पर्ने बताए भने रत्नराजले सनराइज बैंकमा आफ्नो कार्यकाल मे महिनामा सकिन लागेकाले छोटो अवधिका लागि संघमा नबस्ने तर्क दिए।

संघले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठलाई सम्मान गर्ने भएको छ। लामो समयदेखि बैंकिङ क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको छ। गत बर्ष प्रथम गभर्नर हिमालय शम्शेर राणालाई सम्मानित गरिएको थियो।