BIZMANDU
www.bizmandu.com

एक महिला, जसको गिरफ्तारीले संसारभरीका शेयर बजारमा हलचल, एसिया र युरोपको बजार झर्यो

२०७५ मंसिर २०

काठमाडौं। यूरोप र एसिया प्रशान्त क्षेत्रका शेयर बजारमा उच्च गिरावट आएको छ। जापान, चीन र दक्षिण कोरियाका शेयर बजार साढे २ प्रतिशतले घटेका छन्।

Tata
GBIME
Nepal Life

भारतीय शेयर बजार पनि प्रभावित भएको छ। दिनको शुरुवातमा सेन्सेक्स ५०० र निफ्टी १७० अंकभन्दा बढिले घटिसकेका छन्। 

विश्लेषकहरुका अनुसार, शेयर बजार घट्नुको मूख्य कारण क्यानडामा चिनको सबैभन्दा ठूलो टेलिकम कम्पनी हुवावे टेक्नोलोजिजकी सिएफओ मेङ वानझाउको गिरफ्तारी हो। 

यो गिरफ्तारीले चीन र अमेरिकाबीच फेरी व्यापार युद्ध गहिरिने संकेत गरेको छ। लगानीकर्ताहरुको आँखा यतिबेला कच्चा तेल निर्यात गर्नेहरुको संगठन ओपेकको बैठकमाथि पनि छ। 

गत अप्रिलमा इरान बिरुद्ध लगाइएको प्रतिबन्ध उल्लंघन गरी हुवावेले उपकरण बेचबिखन गरेको आरोप लगाउँदै अमेरिकाको कानुन मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको बताएको थियो।  

उनलाई गत शनिवार ब्रिटिस कोलम्बियाको भ्यानकुभरमा  पक्राउ गरिएको भएपनि यस विषयमा सबै जानकारी बाहिर आएको छैन। अमेरिकाले मेङलाई पक्राउ गरी आफूलाई सुम्पिन क्यानडा समक्ष माग गरेको  र त्यसै योजना अनुसार उनी पक्राउ परेको बताइएको छ।