BIZMANDU
www.bizmandu.com

शेयर बजार घटेपछि धितोपत्र बोर्डले  गर्यो ‘फण्डा’, बजार निर्माता बारे नेप्सेसँग जानकारी माग्यो

२०७५ मंसिर २०

शेयर बजार घटेपछि धितोपत्र बोर्डले  गर्यो ‘फण्डा’, बजार निर्माता बारे नेप्सेसँग जानकारी माग्यो
शेयर बजार घटेपछि धितोपत्र बोर्डले  गर्यो ‘फण्डा’, बजार निर्माता बारे नेप्सेसँग जानकारी माग्यो

काठमाडौं। शेयर बजार घट्न थालेपछि नियामक धितोपत्र बोर्डले बजार निर्माताको बिषयलाई अगाडि ल्याएको छ।

Tata
GBIME
Nepal Life

बोर्डले चालु बर्षको नीति तथा कार्यक्रममा पूँजी बजारको गतिशील विकासमा सहयोग पुर्याउने उद्देश्यले बजार निर्माता/डिलर लाई पूँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै बिहीबार विज्ञप्ति जारी गरेको छ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज कात्तिक २० गतेबाट अनलाईन कारोबार प्रणाली शुरु गरिसकेको अवस्थामा बजार निर्माता/डिलरलाई प्रवेश गराउन भैरहेको तयारीकोे सम्बन्धमा नेप्सेसँग जानकारी माग गरेको छ।

धितोपत्रको खरिद तथा विक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा विक्री गरी बजार निर्माता/डिलरले बोर्डले तोकेको व्यवस्था अनुसार कारोवार गर्न तथा धितोपत्रको अण्डरराइटिङ समेत गर्ने  गर्दछ। 

घटिरहेको बजारलाई बडाउने स्टन्डस्वरुप बोर्डले विज्ञप्तिमा उभनेको छ, धितोपत्र बजारमा बजार निर्माता/डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डको विश्वास रहेको छ।