BIZMANDU
www.bizmandu.com

शेयर र ब्याजदरमा अर्थमन्त्रीको चासोपछि लगानीकर्ताको मनोबल बढ्यो, बिहीबार नेप्से सूचकमा सुधार

२०७५ मंसिर २०


काठमाडौं। बाणिज्य बैकहरुले व्यक्तिगत निक्षेपमा उच्च ब्याजदरका विज्ञापन प्रकाशन गर्न थालेपछि घट्न थालेको शेयर बजार बिहीबार सामान्य अंकको वृद्धि देखिएको छ। बुधवार फराकिलो अंकले घटेको शेयर बजारमा बिहीबार बृद्धि भएको हो।

Tata
GBIME
Nepal Life

शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक २.७० अंकले बढेर ११२०.८४ अंकमा उक्लिएको छ। सेन्सेटिभ सूचक ०.५४ अंकले बढेर २३८.३३ अंकमा पुग्यो। बुधवार शेयर सूचक २२.८० अंकले घटेको थियो।  

कारोबारको सुरुवात देखिनै तीव्र गतिमा घटेको बजारले पहिलो सवा एक घण्टामै नौ अंक गुमाएको थियो। तर ब्याजदरका विषयलाई लिएर अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित उच्चस्तरीय वित्तीय समन्वय समितिको बैठकपछि ब्याजदरमा देखिएको अवस्था र शेयर बजारका बारेमा सम्बोधन हुने खबर सार्वजनिक भएपछि शेयर बजारमा सुधार देखिएको इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले जानकारी दिए।

लगानीकर्तको मनोबल घटेको कारण शेयर बजार प्रभावित भएको उनको ठहर छ। "लगानीकर्ताको कन्फिडेन्स लुज भएको हो "ढकालले भने। तर लगानीकर्ताले मनोबल घटाउनुपर्ने कुनै कारण नरहेको ढकालको भनाइ छ।

बजार न्यूनतम बिन्दुमा झरेकोले यस भन्दा तल झर्ने सम्भावना कम रहेको उनले बताए। उनका अनुसार लगानीकर्ताले अहिलेको बजारमा शेयर खरिद गर्दा खासै ठूलो नोक्सान नपर्ने उनको तर्क छ।

बिहीबार बजारमा १६२ कम्पनीका १३ लाख ७४ हजार कित्ता शेयर ३७ करोड रुपैयाँमा खरिद बिक्री भयो।सबैभन्दाबढी एनएमबि बैकको चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो।

उपसूचक मिश्रित देखिएको छ। १० समूहको कारोबारमा जलविद्युत् र उत्पादनमूलक क्षेत्रका उपसूचक घटेको छ भने बाँकी समूह बढेका छन्। सबैभन्दा बढी जलविद्युत् ०.८५ प्रतिशतले घट्यो भने जीवन बीमा समूह०.८९ प्रतिशतले बढेको छ।

सबैभन्दा बढी आएमइ जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब आठ प्रतिशत कमाए। कालिका लघुबित्त वित्तीय संस्थाका शेयरधनीले करिब आठ प्रतिशतनै गुमाए।