BIZMANDU
www.bizmandu.com

उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले दिए राजिनामा, नियमन आयोगको अध्यक्ष बन्दै

२०७५ मंसिर २०

उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले दिए राजिनामा, नियमन आयोगको अध्यक्ष बन्दै
उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले दिए राजिनामा, नियमन आयोगको अध्यक्ष बन्दै

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राजिनामा गरेका छन्। फागुन अन्तिममा अनिवार्य अवकास हुन लागेका उपाध्याय २०७० चैत २ गते सचिवमा बढुवा भएका थिए।

Tata
GBIME
Nepal Life

उपाध्याय विद्युत नियमन आयोगको अध्यक्ष बन्ने सम्भावना छ। उनले मूख्य सचिब लोकदर्शन रेग्मीलाई राजिनामा बुझाएका हुन्। राजिनामा मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्नु पर्छ।

उनले चार दिनअघि राजिनामा गरेको उर्जामन्त्री बर्षमान पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए। उनका अनुसार आयोगको अध्यक्ष हुनका लागि उपाध्यायले राजिनामा गरेका हुन्।