काठमाडौं। नेपाल राष्ट्रा बैंकले १० अर्ब १५ करोड रुपैयाँ निक्षेप बैंक तथा वित्तीय संस्थाहरुलाई दिने भएको छ। सबैभन्दा बढि निक्षेप बाणिज्य बैंकहरुलाई दिने गरी राष्ट्र बैंकले २३ गतेभित्र प्रस्ताब हाल्न आह्वान गरेको छ।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ निक्षेप दिने छ। विकास बैंकहरुलाई एक अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुलाई ५० करोड ७९ लाख रुपैयाँ निक्षेप दिइने छ।
राष्ट्र बैंकको पैसामा कति ब्याज दिने भनेर बैंक तथा वित्तीय संस्थाहरुले प्रस्ताब गर्नु पर्ने छ। राष्ट्र बैंकले एक बर्षका लागि यो पैसा दिने भएको हो।
राष्ट्र बैंकको पैसा लिनका लागि सञ्चालनमा आएको २ बर्ष, खराव कर्जा ५ प्रतिशत तल, तोकिएको पूँजी कोष अनुपात पुरा गरेका संस्थाहरुले निक्षेप पाउने छन्।