BIZMANDU
www.bizmandu.com

बैंकहरु ब्याजमा अनियन्त्रित हुँदा विकास बैंक र फाइनान्स कम्पनीले १२% माथि ब्याज नदिने

२०७५ मंसिर २०

काठमाडौं। बाणिज्य बैंकहरुले मनपरी ब्याज बृद्धि गरे पनि विकास बैंक र फाइनान्स कम्पनीहरुले भने संयमता अपनाउने निर्णय गरेका छन्। बैंकहरुले १३ प्रतिशतसम्म ब्याज दिने सुचना प्रकाशित गरिरहँदा विकास बैंक र फाइनान्स कम्पनीहरुले संयमता अपनाउने निर्णय गरेका हुन्।

Tata
GBIME
Nepal Life

फाइनान्स कम्पनी एसोसिएसनले निक्षेपको ब्याज दर १२ प्रतिशतमै कायम राख्ने निर्णय गरिसकेका छन्। विकास बैंकहरुले पनि १२ प्रतिशतभन्दा ब्याज माथि नलैजाने अनौपचारिक सहमति बनाएका छन्।

'बाणिज्य बैंकहरुले ब्याज माथि पुर्याए पनि हामीले भने १२ प्रतिशतभन्दा धेरै नदिने निर्णय नै गरिसकेका छौं' फाइनान्स कम्पनी एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधरले बिजमाण्डूसँग भने, 'ब्याज दरमा संयमित हुनै पर्छ। बैंकहरुबाट गलत काम भइरहेको छ।'

सबैभन्दा पहिले ब्याज दर बढाएको जनता बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले 'जनता बैंक वित्तीय स्थायित्व का लागि दृढ संकल्पित छ र एकल अंकको ब्याज दरको पक्षमा छ' भनेर फेसबुक स्टाटस लेख्दा तुलाधरले प्रतिकृया दिएका छन्, 'एण्ड देन रेट इज १२% हाउ फन्नी।'

विकास बैंक संघका कार्यवाहक अध्यक्ष गोबिन्द ढकालले १२ प्रतिशतभन्दा बढि ब्याज दिनु हुँदैन भन्ने नै अनौपचारिक सहमति भएको बताए।