BIZMANDU
www.bizmandu.com

अनियन्त्रित हिसाबले बैंक ब्याज बृद्धि बारे गभर्नर चिरञ्जिबी नेपालले भने, ‘हेरौं के गर्न सकिन्छ’

२०७५ मंसिर २०

अनियन्त्रित हिसाबले बैंक ब्याज बृद्धि बारे गभर्नर चिरञ्जिबी नेपालले भने, ‘हेरौं के गर्न सकिन्छ’
अनियन्त्रित हिसाबले बैंक ब्याज बृद्धि बारे गभर्नर चिरञ्जिबी नेपालले भने, ‘हेरौं के गर्न सकिन्छ’

काठमाडौं। बैंकहरुबीच धान्नै नसक्ने गरी ब्याज दरमा प्रतिस्पर्धा चल्न थालेपछि राष्ट्र बैंकले 'गम्भिरतापूर्वक' ब्याज दर बृद्धिको असर बारे अध्ययन गर्न थालेको छ।

Tata
GBIME
Nepal Life

आफ्नो अल्पकालिन समस्या मात्र हल हुने गरी बैंकले ब्याज बढाएको राष्ट्र बैंकको मूल्यांकन छ। ब्याज दरको असर र प्रभावका बारेमा नजिकबाट हेरिरहेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्।

राष्ट्र बैंकका गभर्नरले पनि ब्याज बृद्धिका बारेमा नजिकबाट नियालिरहेको बताए। 'ब्याज यतिउति गर भन्न हामीले मिल्दैन तर बढिरहेकमो ब्याज बारे हामी सचेत छौं' गभर्नर डा. चिरञ्जिबी नेपालले बिहीबार बिजमाण्डूसँग भने, 'हेरौं के गर्न सकिन्छ।'

नेपाल बैंकर्स संघले लामो समयदेखिको भद्र सहमतिलाई खारेज गर्दै ब्यक्तिगत निक्षेपको ब्याज सहमतिमा निर्धारण गर्न बाटो खोलिदिएको छ। त्यसलगत्तै ब्याज बृद्धि हुन थालेको हो। तीन दिनमा ब्याज साढे २ प्रतिशत बिन्दुले उक्लिसकेको छ।