BIZMANDU
www.bizmandu.com

ब्याजयुद्ध: केही उद्योगी तर्सिन थाले, केही उद्योगी जनताको पैसा बैंकमा आउने आशामा

२०७५ मंसिर २०

ब्याजयुद्ध: केही उद्योगी तर्सिन थाले, केही उद्योगी जनताको पैसा बैंकमा आउने आशामा
ब्याजयुद्ध: केही उद्योगी तर्सिन थाले, केही उद्योगी जनताको पैसा बैंकमा आउने आशामा



काठमाडौं। वाणिज्य बैंकबीच निक्षेप तान्न ब्याज युद्ध सुरु भएपछि केही उद्योगी/व्यवसायी तर्सिन थालेका छन्। केही व्यवसायीले भने स्वभाविक रुपमा लिएका छन्।

Tata
GBIME
Nepal Life

यो अस्वभाविक वृद्धिले बैंकको ब्याजदरको पारो कुन हदसम्म पुग्ने हो टुंगो छैन। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले ब्याज बढाबढ स्वभाविक भएको बताउँछन्। ‘ब्याजलार्इ खुला बजार अनुसारनै छाड्नुपर्छ। यसलार्इ बाँधेर राख्नु उपयुक्त हुँदैन’ उनले बिजमाण्डूसँग भने,’व्यक्तिगत निक्षेपको ब्याज बढ्दा खर्च कटौती गरेर भएपनि बचत गर्ने संस्कार बस्छ। बैंकमा पैसा जम्मा हुन थाल्छ।’

उनका अनुसार अहिले पैसा नभएर लगानीनै संकुचित भएका बेला निक्षेप ल्याउन ब्याजदर बढाबढ हुनु स्वभाविक हो। ‘आम जनताले खर्च घटाएर बैंकमा पैसा राख्न ल्याएमा यसले सकारात्मक भूमिका खेल्छ। तर बैंकसँगै रहेको पैसा मात्रै यताको उता भयो भने यसको कुनै अर्थ रहँदैन्’ मुरारकाले भने।
इर्स्टन कसमस सिमेन्टका कार्यकारी निर्देशक प्रवलजंग पाण्डेले धमाधम निक्षेपको ब्याजदर बढाउने सूचना प्रकाशित गर्ने बैंकहरुले केही दिनमै कर्जाको ब्याजदरको एसएमएस पठाउने डरले उद्योगी त्रसित रहेको बताए।

‘अहिले जसरी व्यक्तिगत निक्षेपमा बैंकहरुले ब्याज बढाएका छन् त्यसको केही दिनमै ब्याज बढेको म्यासेज आउनेछ’ उनले भने,’यसले उद्योग गर्नेहरु थप थला पर्नेछन्।’ उद्योगी भरत आचार्य नेपालमा दुर्इ दशकदेखि कहिलेनै नटुंगिने आर्थिक चुनौतीले गाँजेको बताए। उनका अनुसार सन् १९९६-२००५सम्म आन्तरिक द्धन्द्ध, २००५-२०१० औद्योगिक अशान्ति, २०१०-२०१६ लोडसेडिङ र २०१६देखि अहिलेसम्म लिक्विडिटी ट्रयापमा परेको छ।‘ विगत दुर्इ दशकदेखि अर्थतन्त्रको मूख्य इन्जिनमा देखिएको समस्या समाधानका लागि ठूलो प्रयास र उपचार भएको छैन’ उनले भनेका छन्।

‘अनइथिकल’ पनि
उद्योगीका अनुसार बैंकरहरु ‘अनइथिकल प्राक्टिस’ गरिरहेका छन्। उनीहरुका अनुसार दालचामलजस्तै बैंकलार्इ चलाउन खोजेका छन्।‘निक्षेपमा ब्याज नबढ्दै ऋणको ब्याज बढाएको म्यासेज समेत पढाएका छन्।

केही बैंकले इथिकल भ्यालुलार्इ विर्सिएका छन्’ एक उद्योगीले भने,’उनीहरुले बैंकिङ भ्यालुलार्इ विर्सिएर दालचामलको ब्यापारजस्तै गर्न खोजिरहेका छन्।’