BIZMANDU
www.bizmandu.com

बैंकर्स संघ सदस्यमा जनक, सुमन र गोबिन्दको उमेद्वारी, एभरेष्ट बैंकका बिके श्रेष्ठलाई सम्मान

२०७५ मंसिर २०

बैंकर्स संघ सदस्यमा जनक, सुमन र गोबिन्दको उमेद्वारी, एभरेष्ट बैंकका बिके श्रेष्ठलाई सम्मान
बैंकर्स संघ सदस्यमा जनक, सुमन र गोबिन्दको उमेद्वारी, एभरेष्ट बैंकका बिके श्रेष्ठलाई सम्मान

काठमाडौं। बैंकर्स संघको कार्य समिति सदस्यका लागि तीन जनाको उमेद्वारी परेको छ। संघको बार्षिक साधारणसभा आज साँझ बस्दैछ।

Tata
GBIME
Nepal Life

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले खाली तीन सदस्यमा तीन जनाको मात्रै उमेद्वारी परेकाले साधारणसभाले यसलाई नै अनुमोदन गर्ने बताए।

बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हटेलगत्तै संघको पद पनि खाली हुन्छ। सुदेश खालिङ लक्ष्मी बैंकबाट बाहिरिएपछि संघमा एक पद खाली भएको थियो। यस्तो पहिलेदेखि नै रिक्त रहेको दुई पदमा अन्तरिम कार्यभार सम्हाल्ने गरी पर्शुराम कुँवर क्षेत्री र रत्नराज बज्रचार्यलाई जिम्मेवारी दिइएको थियो।

उनीहरुको ठाउँमा अरु दुई जनाको उमेद्वारी परेको छ। रिक्त तीनमा ग्लोबल आइएमइ बैंकका जनक शर्मा पौडेल, माछापुछ्रे बैंकका सुमन शर्मा र सिभिल बैंकका गोबिन्द गुरुङले उमेद्वारी प्रस्तुत गरेका छन्।

मंसिर २६ गतेबाट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको पद पनि खारेज हुँदैछ। उनको बैंकका चार बर्षे कार्यकाल पुरा हुँदैछ। तर साधारणसभासम्म उनी पदमै रहने भएकाले उनको ठाउँमा अहिले नै नयाँ सदस्य चयन गरिँदैन। उनी हटेपछि कार्यसमितिले अन्तरकालिन कार्यका लागि सदस्य चयन गर्ने छ।

पर्शुराम कुँवर र रत्नराजले उमेद्वारी दिन चाहेनन्। पर्शुरामले नयाँलाई ठाउँ छाडिदिनु पर्ने बताए भने रत्नराजले सनराइज बैंकमा आफ्नो कार्यकाल मे महिनामा सकिन लागेकाले छोटो अवधिका लागि संघमा नबस्ने तर्क दिए।

संघले आज एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठलाई सम्मान गर्ने भएको छ। लामो समयदेखि बैंकिङ क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै श्रेष्ठलाई सम्मान गर्ने कार्यक्रम रहेको संघका प्रमुख कार्यकारी अधिकारीले जानकारी दिए। गत बर्ष प्रथम गभर्नर हिमालय शम्शेर राणालाई सम्मानित गरिएको थियो।