BIZMANDU
www.bizmandu.com

हुवासिन सिमेन्टलाई तीन अर्ब रुपैयाँ ऋण, उद्योग डिजाइनको जिम्मा चिनियाँ कम्पनीलाईनै

२०७५ मंसिर २०

हुवासिन सिमेन्टलाई तीन अर्ब रुपैयाँ ऋण, उद्योग डिजाइनको जिम्मा चिनियाँ कम्पनीलाईनै
हुवासिन सिमेन्टलाई तीन अर्ब रुपैयाँ ऋण, उद्योग डिजाइनको जिम्मा चिनियाँ कम्पनीलाईनै



काठमाडौं । चिनियाँ कम्पनी  हुवासिनले धादिङमा सिमेन्ट उद्योग स्थापनाका लागि लगानी जुटाउन थालेको छ।
 
एक्जिम बैंक अफ चाइनाले हुवासिनलार्इ ३ करोड अमेरिकी डलर(तीन अर्ब  ३८ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएको छ। हुवासिनले सिमेन्ट स्थापनाका लागि गरेको लगानी प्रतिवद्धतामध्ये एक्जिम बैंकबाट ऋण पाएको रकम जम्मा २१.४२ प्रतिशत मात्रै हो।

Tata
GBIME
Nepal Life

धादिङमा खानी उत्खनन् गरेर क्लिंकर  र सिमेन्ट उत्पादन गर्न इजाजत पाएको हुवासिन सिमेन्टले १४ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ७९ करोड  ७५ लाख रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ। अहिले एक अमेरिकी डलरको सटही दर १ सय १२रुपैयाँ ८४ पैसा कायम छ। यो उद्योगमा उद्योगी सुरज वैद्य नेपाली साझेदार छन्। लगानी बोर्डका अनुसार वैद्यको लगानी २० प्रतिशत छ। बोर्डमा नेगोसियनका लागि नेपाली साझेदारको रुपमा वैद्यनै जाने गरेका छन्।

 हुवासिन सिमेन्टले मार्च २०१९ सम्ममा डिजाइन गरेर दैनिक तीन हजार टन क्षमताको प्लान्ट डिजाइनको जिम्मा नानजिङ गोल्डेन सिमेन्ट टेक्नोलोजी इन्जिनियरिङ कम्पनीलाई दिएको  अनलाइन न्युज पोर्टल सेमनेट डटकमले उल्लेख गरेको छ। डिजाइन तयार हुने अवधीसम्ममा बाँकी लगानी जुटाउन चिनियाँ साझेदार प्रयासरत छ।

शुरुमा बोर्डसँग पूर्ण विदेशी लगानीको कम्पनीको रुपमा हुआसिन सिमेन्टले लगानीको सम्झौता गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा बोर्ड र हुवासिनबीच सम्झौंता भएको थियो। सम्झौंतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका थिए।

यो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्ने उल्लेख छ। यो कम्पनीले बोलकबोलमा सहभागी भएर  ६० करोड रुपैयाँमा खानी तथा भूगर्भ विभागसँग धादिङको बेनीघाट रोराङ गाउँपालिका र मकवानपुरको राक्सी राङ्क गाउँपालिकामा चुनढुङ्गा खानी पाएको थियो।