BIZMANDU
www.bizmandu.com

९ हजार करोड बैंक ऋण खाएका बिजय माल्याले भने, ‘सबै बैंकको साँवा तिर्छु, ब्याज भने तिर्दिन’

२०७५ मंसिर १९

९ हजार करोड बैंक ऋण खाएका बिजय माल्याले भने, ‘सबै बैंकको साँवा तिर्छु, ब्याज भने तिर्दिन’
९ हजार करोड बैंक ऋण खाएका बिजय माल्याले भने, ‘सबै बैंकको साँवा तिर्छु, ब्याज भने तिर्दिन’


मुम्बइ। कयौं बैंकहरुको ऋण लिएर देशबाटै फरार भएका उद्यमी बिजय माल्याले आफू बैंकको ऋण भुक्तान गर्न तयार रहेको बताएका छन्। उनले ट्वीट गर्दै सबै बैंकको ऋण तिर्न तयार रहेको बताएका हुन्।

Tata
GBIME
Nepal Life

'म बैंकको सबै ऋण तिर्न तयार छु, तर ब्याज भने तिर्दिन' उनले भनेका छन्। उनले आफूलाई मिडिया र नेताहरुले अपराधि बनाएको बताएका छन्। 'म अपराधि होइन, तर भारतमा मलाई अपराधि बनाइएको छ' उनले भनेका छन्।

उनले तीन दशकसम्मा किङफिसरले सबैभन्दा ठूलो ब्रेभरेजका रुपमा सफलतापूर्वक कारोबार गरेको बताउँदै सरकारलाई हजार करोड भारुको राजश्व तिरेको दावीसमेत गरे। 'किङफिसर एयरलाइन्सले पनि राम्रो राजश्व तिरेको थियो। यो दुखद हो कि, एयरलाइन्स घाटामा गयो' उनले लेखेका छन्, 'यसका बाबजुत पनि म ऋण तिर्न तयार छु। प्लिज टेक इट।'

उनले सबै बैंकको साँवा रकम तिर्न तयार रहेको बताए। यसका लागि आफूले उच्च अदालतमा पनि अपिल गरेको बताउँदै उनले तर आफ्नो कुरालाई कसैले ध्यान नदिएको गुनासोसमेत गरेका छन्।  माल्या अहिले लण्डनमा छन्। उनलाई भारत सुपुर्दगी गर्ने बारेमा त्यहाँको अदालतमा सुनुवाइ चलिरहेको छ। माल्याले करिव ९ हजार करोड भारु बैंकको ऋण खाएको आरोप छ।