काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्टस्बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ। नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सिसी, लिक्विड–कुल्ड, ४–स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ।
यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सिसीको इन्जिन जडान गरिएको छ, यसले १० हजार आरपीएममा १९.३ पिएसको पावर र ८५ सय आरपिएममा १५ एनएम टर्क उत्पन्न गर्ने विज्ञप्तिमा उल्लेख छ। यसको सुरुवाति मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ।
१३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३ मा फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइट छन्। ‘एग्रेसिभ राइडिङ पोजिसन‘ र चौडा टायर छ।
‘आर१५ भी३ ले पर्फमेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मुल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने।