BIZMANDU
www.bizmandu.com

एनआइसीमा एकपछि अर्को बढुवा, सिइओमा न्यौपानेपछि डेपुटी सिइओमा सुधिर पाण्डे नियुक्त

२०७५ मंसिर १७

एनआइसीमा एकपछि अर्को बढुवा, सिइओमा न्यौपानेपछि डेपुटी सिइओमा सुधिर पाण्डे नियुक्त
एनआइसीमा एकपछि अर्को बढुवा, सिइओमा न्यौपानेपछि डेपुटी सिइओमा सुधिर पाण्डे नियुक्त


काठमाडौं। आइतबार प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको एनआइसी एसिया बैंकले सोमबार डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले आइतबार कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। सोमबार बैंकको सञ्चालक समिति बैठकले सुधिरनाथ पाण्डेलाई नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। 

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ करियर सुरु गरेका  पाण्डेले अन्य विभिन्न बैंकमासमेत काम गरेका छन्। एनआइसीको विभिन्न विभाग प्रमुख भएरसमेत काम गरिसकेका छन्।