BIZMANDU
www.bizmandu.com

इथियोपियाकै परिचय बदलेको एयरलाइन्सबाट एनएसीले के सिक्नसक्छ? निजीकरणपछि उचाइ

२०७५ मंसिर १७

इथियोपियाकै परिचय बदलेको एयरलाइन्सबाट एनएसीले के सिक्नसक्छ? निजीकरणपछि उचाइ
इथियोपियाकै परिचय बदलेको एयरलाइन्सबाट एनएसीले के सिक्नसक्छ? निजीकरणपछि उचाइ

सन् २०१८ को अप्रिलमा एयरलाइन्सले घोषणा गर्यो-‘अब हामी एरोस्पेस उत्पादन समेत सुरु गर्नेछौं।’ इथियोपियन एयरलाइन्सले एयरक्राफ्टका स्पेयरपार्टको डिजाइनिङ तथा उत्पादनमा समेत विश्वका उत्कृष्ट उत्पादक कम्पनीसँग साझेदारी गर्न खोजिरहेको छ। गत जुलाइदेखि नै कम्पनीले जर्मनीको एसिएम एरोस्पेससँग मिलेर एयरक्राफ्टका सिट कभर, सेफ्टी बेल्ट, कार्पेट तथा अन्य इन्टेरियरहरुको उत्पादन थाल्ने सम्झौता गरिसकेबाट भविष्यमा इथियोपियन एयरलाइन्स ‘एयर-जायन्ट’ बनेर निस्किने संकेत गरेको छ। 

काठमाडौं। ‘इथियोपिया’ यो नाम सम्झँदा तपाईंको दिमागमा कस्तो तस्वीर बन्छ? इथियोपिया भन्नासाथ एउटा यस्तो अफ्रिकी देशको चित्र आउँछ, जुन देश सैनिक शासन र गृहयुद्धले लामो समय जर्जर बनेको थियो।  

Tata
GBIME
Nepal Life

समय फेरिएको छ, सँगै इथियोपियाको परिचय पनि। इथियोपियालाई अब लामो समय जर्जर अर्थब्यबस्था र गृहयुद्धको भूमरीमा परेको र आर्थिक मन्दीले ग्रस्त देशका रुपमा होइन विश्वमै धेरै नाफा कमाउने एयरलाइन्सहरुको टप लिस्टमा पर्ने देशको परिचय पाएको छ।
 
हामी जस्तै भूपरिवेष्ठित देश इथियोपिया लामो प्रयासपछि अफ्रिकाको हवाइ इतिहासमै उत्कृष्ट देश बन्न सफल भएको हो। हाल इथियोपियाको सरकारी एयरलाइन्सले अफ्रिकी आकाशमा बर्चश्व कायम गरेको छ। सरकारी ध्वजाबाहक एयरलाईन्सलाई न त सरकारी अनुदान आवश्यक पर्छ न नयाँ लगानीकै। विश्वको हवाइ क्षेत्रमा इथियोपियन एयरलाईन्स नमुनाको रुपमा आएको छ, किनभने यसमा सरकारी लगानी त छ तर सरकारको हस्तक्षेप छैन। राष्ट्रिय ध्वजाबाहक त हो तर बिशुद्ध ब्यवसायका रुपमा यसलाई प्रोफेसनल तथा एक्सपर्टको हातमा सुम्पिएको छ। 

अफ्रिकाका सबैजसो देशहरुमा सन् १९६० को दशकमै एयरलाइन्स कम्पनीहरु आइसकेका थिए। तर अन्य देशले राष्ट्रिय ध्वजाबाहकको रुपमा उडाइरहँदा इथियोपियाले भने यसलाई बिशुद्ध ब्यापारका रुपमा अघि बढाउने नीति लियो। यसकारण यसले अन्यको दाँजोमा सफलता पाएको हो। 

इथियोपियन एयरलाइन्सका सिइओ टिओल्ड जिब्रेमरियमका अनुसार एयरलाइन्सले लगानी ब्यबस्थापनलाई अत्यन्तै कडा ढंगले नियमन गर्यो। अनि तीब्र, नाफामुखी र दीगो बृद्धिलाई आफ्नो भिजन बनायो। हाल एयरलाइन्सले चीन, अफ्रिका र मध्यपूर्वमा आफूलाई तीब्र गतिमा बिस्तार गरिरहेको छ। 

सन् २०१८ मा इथिपयोपियनले जाम्बिया एयरवेजका लागि रणनीतिक साझेदार बन्ने सम्झौता गरिसकेको छ। यस अनुसार जाम्बियन एयरवेजमा इथियोपियन एयरलाइन्सको ४५ प्रतिशत शेयर छ बाँकी जाम्बियन सरकारको। यो पनि कम्पनीको भिजन २०२५ अन्तर्गतकै रणनीतिक योजना हो जसबाट दक्षिणी अफ्रिकालाई आफ्नो नयाँ हब  बनाउन इथियोपियन एयरलाइन्सले रणनीति तयार गरिरहेको छ। हब बिस्तारकालागि पनि एयरलाइन्स एग्रेसिभ देखिएको छ। 

भिजन २०२५
एयरलाइन्सले हरेक बर्ष २० देखि २५ प्रतिशतको बृद्धि गरिरहेको छ। कम्पनीले हालै १० वटा एयरबस अर्डर गरेको छ। यसैगरी आफ्नो प्यासेन्जर क्षमता बढाउनका लागि कम्पनीले बिमानस्थल बिस्तार परियोजनामा ३४ करोड ५० लाख डलर खर्च गर्दैछ। यसबाट सन् २०२५ सम्ममा अदिस अबाबाको बोल इन्टरनेसनल एयरपोर्टको यात्रु बहन क्षमता ७० लाखबाट बढेर बढेर २ करोड २० लाख पुग्ने बताइएको छ। 

यसैगरी एयरलाइन्सले सन् २०२५ सम्ममा विश्वभर १२० भन्दा बढी गन्तब्यमा उडान गर्ने लक्ष्य बनाएको छ। कम्पनीले १ सय ४० भन्दा बढी बिमानबाट २ करोड २० लाख यात्रुहरुलाई सेवा दिँदा सन् २०२५ सम्ममा १० अर्ब डलरभन्दा बढी रेभेन्यू बढाउने लक्ष्य राखेको छ। 

हाल अफ्रिकाको एक मात्र नाफामूलक एयरलाइन्स बनेको इथियोपियनको सफलताका बारेमा एयरलाइन्सका चिफ कमर्सियल अफिसर बुसेरा भन्छन् ‘यदि तिमीले जनताको हितमा लगानी गर्छौं भने उनीहरु सँधै तिमीसँगै रहन्छन्।’  बुसेराकै अनुसार इथियोपियन एयरलाईन्सले अपनाएको नीति सँधै जनताको हितमा छ र यसबाटै उसले सर्वसाधारणको अपनत्व र विश्वासलाई कायम राखेको छ। 

इथियोपियन एयरलाइन्स सरकारी हो तर यसमा सरकारले ‘नन-इन्टरफेयरेन्स’ नीति लिएको छ। यसलाई बिशुद्ध रुपमा व्यवसायकै रुपमा संचालन गर्न र नाफा कमाउने उद्देश्यका साथ मात्र संचालन गर्न सरकारले पूरा ध्यान लगाएको छ। सरकारले कहिल्यै आफ्नो एयरलाइन्सको ब्यबस्थापनमा हस्तक्षेप गर्दैन। इथियोपियन एयरलाईन्सको एकमात्र सफलता यसैमा अडिएको छ। 

बोइङ आयो त्यसपछि एयरलाइन्सले कहिल्यैपछि फर्केर हेर्नु परेन। यसैबाट पश्चिम अफ्रिकी करिडोरले समेत लाभ लिन सफल भयो। बिस्तारै रुटहरु बढ्दै गयो। एयरलाइन्सले पनि बिस्तारै ब्यबस्थापन आफ्नो हातमा लियो। दुई वटा बोइङ ७२० संचालनमै थियो। त्यसपछि एयरलाइन्सले बोइङ ३२० सि पनि अर्डर गर्न थाल्यो।  

आफ्नो खर्चमा न्यूनीकरणका लागि एयरलाइन्सले आफ्नै एभिएसन एकेडेमी, क्याटरिङ युनिट, मर्मत युनिट, पाइलटलाई तालिम, क्याबिन क्रु तथा प्राविधिक कर्मचारीलाई तालिम संचालन गर्छ। अनि यसको रणनीति साधारण छ ‘तीब्र, नाफामूलक र दीगो बृद्धि।’

एयरलाइन्सका सिइओ टिओल्ड जिब्रेमरियमले सन् २०१७/१८ इथियोपियाको लागि अपवादको वर्ष भएको बताए। नहोस् पनि किन, यही समयमा एयरलाइन्सले अपरेटिङ रेभेन्यूमा ४३ प्रतिशत बृद्धि हासिल गर्यो। यसले  एयरलाईन्सको समग्र परफरमेन्स हिस्ट्री नै बदलिदियो। सिइओ टिओल्डको भनाईमा यो बित्तीय सफलता मात्र थिएन ‘पूर्ण सफलता’ थियो। 

१६ हजार कर्मचारी कार्यरत एयरलाइन्सका कामदारको कडा मेहनत, प्रतिबद्धता र क्षमताले नै एयरलाइन्सको सफलतामा अहम् भूमिका खेलेको उनले बताएका छन्। 

हालै  यसले ८ नयाँ अन्तराष्ट्रिय गन्तब्यहरुमा उडान सुरु गरेको छ। हालैको सफलता हो एयरलाइन्सले १४ वटा नयाँ एयरक्राफ्टबाट यूरोप, उत्तर अमेरिका, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुको नयाँ गन्तब्यमा उडान सुरु गरेको पनि।  

अहिलेको अवस्थामा इथियोपियन एयरलाइन्स मात्रै एउटा यस्तो एयरलाइन्स हो, जोसँग १ सय वटा बिमानहरु छन् र १ सयभन्दा बढी गन्तब्य।  

यसका यात्रुहरु पनि अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढेका छन्। हाल यसले  १ करोड ६  लाख यात्रुलाई अन्तराष्ट्रिय तथा घरेलु गन्तब्यहरुमा सेवा दिइरहेको छ। यसैगरी कार्गो ढुवानीमा पनि एयरलाईन्सले सन् २०१६/१७ को भन्दा रेकर्ड स्तरको सफलता पाएको छ। यसवर्ष कम्पनीले कार्गो ढुवानीमा १८ प्रतिशत बृद्धि गरेको छ। 

इथियोपियन एयरलाइन्सका अनुसार यस वर्षको प्रदर्शन उसको रणनीतिक योजनाकै हिस्सा भएको र यो भिजन २०२५ अन्तर्गतकै सफलता हो। एयरलाइन्सको भिजन २०२५ भन्नु नै आफ्नो कम्पनीको तीब्र, नाफामुखी र दीगो बृद्धि योजना हो। 

यस वर्ष इथियोपियन सरकारले एयरलाइन्सलाई आशिंक रुपमा निजीकरण गर्ने घोषणा गरेको थियो जसको कारण एयरलाइन्सले अझ सफलता प्राप्त गरेको अनुमान गरिन्छ। इथियोपियाका प्रधानमन्त्रीले एयरलाइन्सको निजीकरण प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउनका लागि सल्लाहकार समूहसमेत गठन गरिसकेका छन्। 

इथियोपियनले अब छिट्टै नै चाड एयरलाईन्सको ४९ प्रतिशत शेयर समेत किन्ने योजना सार्वजनिक गरिसकेको छ। 

इथियोपियन एयरलाइन्सका सिइओ टिओल्ड जिब्रेमरियमका अनुसार एयरलाईन्सले लगानी ब्यबस्थापनलाई अत्यन्तै कडा ढंगले नियमन गर्यो। अनि तीब्र, नाफामुखी र दीगो बृद्धिलाई आफ्नो भिजन बनायो। हाल एयरलाइन्सले चीन, अफ्रिका र मध्यपूर्वमा आफूलाई तीब्र गतिमा बिस्तार गरिरहेको छ। 

कसरी सुरु भयो इथियोपियन एयरलाइन्स
इथियोपियाको आधुनिकीकरणसँगै त्यहाँका शासक हेल सेलासेले अमेरिका बेलायत र फ्रान्ससँग एयरलाइन्स कम्पनी खोल्न सहयोग मागे। पहिलोपटक २५ लाख डलरको सानो पुँजीबाट यो एयरलान्स खुलेको थियो। यसको शेयरलाई २५ हजार कित्तामा बाँडिएको थियो र ती सबै कित्ता सरकारले नै होल्ड गरेको थियो। पाँचवटा डग्लस सि फोर सेभेन एस किनेर एयरलाईन्सले आफ्नो यात्रा सुरु गरेको थियो।

सन् १९४५ मा इथियोपियन एयरलाइन्स स्थापना भएको थियो। त्यसको ६ वर्षपछि मात्र एयरलाइन्सले अन्तराष्ट्रिय उडान थालेको थियो। कम्पनीलाई इथियोपिया सरकारले लगानी गरेको भएपनि ट्रान्स कन्टिनेन्टल एयर ट्रान्सफोल्ट तथा वेस्टर्न एयर एक्सप्रेस नामका दुई कम्पनीले लामो समयसम्म ब्यबस्थापन गरेका थिए।  

सुरुवातमा यो एयरलाइन्स पूर्ण रुपमा अमेरिकी पाइलट, प्राविधिक, ब्यबस्थापक तथा अधिकारीहरुमाथि भर पर्नुपर्थ्यो। एयरलाइन्सका जिएमसमेत ब्यबस्थापक कम्पनी ट्रान्स कन्टिनेन्टलकै ब्यक्ति नियुक्त गरिएका थिए। 

७५ हजार डलर  कायरोको बैंकमा धितो राखेर एयरलाइन्सका लागि बिमान तथा स्पेयर पार्टहरु लिइएको थियो। त्यसको केही समयमै बिमानले एडेन, इजिप्ट, फ्रेन्च सोमालिल्याण्ड, साउदी अरेबिया तथा सुडानमा अवतरण अनुमति पायो। सन् १९५० को दशकमा एयरलाईन्सले लामो दूरीको हवाइ उडान सुरु गर्यो। 

अदिस अबाबामा रहेको बोल इन्टरनेशनल एयरपोर्ट नै यो एयरलाइन्सको हब र हेडक्वार्टर जसको बिस्तारका लागि अहिले एयरलाइन्सले ठूलो लगानीमा परियोजना सुरु गरिसकेको छ। 

सन् १९६० र ७० को दशक एयरलाइन्सका लागि ‘जेट-एज’ थियो। त्यसै बखत कम्पनीले दुईवटा बोइड ७२० बि खरिद गर्यो। पहिलोपटक भित्र्याइएका ती जेट बिमानको नाम राखियो ‘ब्लु नाइल’ र ‘ह्वाइट नाइल’। र यी नै दुई एयरक्राफ्टबाट एयरलाइन्सले पहिलोपटक जेट सर्भिस सुरु भयो। यी जेट बिमानले पहिलो उडान नैरोबी र दोस्रो उडान म्यड्रिडकालागि गर्यो। 

बोइङ आयो त्यसपछि एयरलाइन्सले कहिल्यैपछि फर्केर हेर्नु परेन। यसैबाट पश्चिम अफ्रिकी करिडोरले समेत लाभ लिन सफल भयो। बिस्तारै रुटहरु बढ्दै गयो। एयरलाइन्सले पनि बिस्तारै ब्यबस्थापन आफ्नो हातमा लियो। दुई वटा बोइङ ७२० संचालनमै थियो। त्यसपछि एयरलाइन्सले बोइङ ३२० सि पनि अर्डर गर्न थाल्यो।  

एयरलाइन्स आफ्नै बल बुतामा ब्यबस्थित बन्यो। बिस्तारै कम्पनीले नयाँ नयाँ बोइङहरु पनि किन्न थाल्यो। सन् १९७० मा आइपुग्दा टिडब्लुए व्यवस्थापकको सल्लाहकारको भूमिकामा पुगिसकेको थियो। आफ्नै स्थापनाको २५औं वर्षगाँठका दिन कम्पनीले घोषणा गर्यो- ‘हामी अब कुनै पनि बैदेशिक सहायताबिना नै संचालनमा आउन सक्षम भएका छौं।’  

७५ हजार डलर  कायरोको बैंकमा धितो राखेर एयरलाइन्सका लागि बिमान तथा स्पेयर पार्टहरु लिइएको थियो। त्यसको केही समयमै बिमानले एडेन, इजिप्ट, फ्रेन्च सोमालिल्याण्ड, साउदी अरेबिया तथा सुडानमा अवतरण अनुमति पायो। सन् १९५० को दशकमा एयरलाईन्सले लामो दूरीको हवाइ उडान सुरु गर्यो। 

सफलताको कथा
एयरलाइन्सको सफलतासँग जोडिएको छ उसको दीर्घकालीन रणनीति। एयरलाइन्स स्थापना भएदेखि नै उसले आफ्नो लागि दीर्घकालीन कम्पनी नीति बनाएको थियो। सन्  १९८७ मा नै यसलाई उत्कृष्ट एयरलाइन्सको उदाहरणका रुपमा लिन थालियो। हाल यसले आफ्नो मात्र होइन अन्य देशका एयरक्राफ्टहरुको मर्मतबाट पनि रेभेन्यु जेनरेट गर्छ। यसले ट्रेनिङ स्पेसलिस्टका रुपमा पनि काम गर्छ। एयरलाइन्सको आफ्नै पाइलट स्कुल तथा एभिएसन मेन्टिनेन्स टेक्निसियन स्कुल पनि छ जसबाट हरेक वर्ष उत्कृष्ट विद्यार्थी उत्पादन हुन्छन्। 

सन् २००५ देखि नै इथियोपियन एयरलाइन्सले ‘थिम’ मा काम गर्न थालिसकेको थियो। सन् २००५ मा उसले भिजन २०१० को नारा तय गर्यो। त्यतिबेला उसले आफ्नो रेभेन्यु, प्यासेन्जर तथा कामदरहरु बढाउने टार्गेट सेट गर्यो। यसकलागि उसले एग्रेसिभ मार्केटिङ क्याम्पेन गर्यो साथै मुख्य रुपमा लागत घटाउने रणनीति अपनायो। 

त्यसको सफलतासँगै सन् २०१० देखि एयरलाइन्सले फेरि अर्को भिजन सेट गर्यो। भिजन २०२५ अन्तर्गत एयरलाइन्सले १५ वर्षको लामो बिकासको रणनिति लिएको छ। 

त्यसबखत एयरलाइन्स आफ्नो बिमानसंख्या १२० मा पुर्याउने तथा ९० वटा बिदेशी गन्तब्यहरु तय गर्दै बार्षिक १ करोड ८० लाख यात्रु बोक्नेको लक्ष्य तय गर्यो। यसैगरी उसले आफ्नो कर्मचारी संख्या पनि बढाएर १७ हजार पुर्याउने लक्ष्य राख्यो। 

आफ्नो एयरलाइन्स एभिएसन एकेडेमीको क्षमता बिस्तारमा पनि उसले अठोटका साथ बिस्तार थाल्यो। सन् २०१३ मा कम्पनीले मालावियन क्यारियरर एयर मालाविको ४९ प्रतिशत शेयर किन्यो। 

सन् २०१३/१४ मा इथियोपियन एयरलाइन्स अफ्रिकाकै सबैभन्दा बढी नाफा कमाउने एयरलाइन्सका रुपमा चर्चित भैसकेको थियो। यतिबेला कम्पनी २२ करोड ८० लाख डलर नाफा कमाएर विश्वको १८औं सबैभन्दा बढी कमाउने कम्पनी बनेको छ। 

सन् २०१८ मा इथिपयोपियनले जाम्बिया एयरवेजका लागि रणनितिक साझेदार बन्ने सम्झौता गरिसकेको छ। यस अनुसार जाम्बियन एयरवेजमा इथियोपियन एयरलाइन्सको ४५ प्रतिशत शेयर छ बाँकी जाम्बियन सरकारको। यो पनि कम्पनीको भिजन २०२५ अन्तर्गतकै रणनीतिक योजना हो जसबाट दक्षिणी अफ्रिकालाई आफ्नो नयाँ हब  बनाउन इथियोपियन एयरलाइन्सले रणनीति तयार गरिरहेको छ। हब बिस्तारकालागि पनि एयरलाइन्स एग्रेसिभ देखिएको छ। 

सन् २०१८ कै फेब्रुअरीमा इथियोपियनले आफ्नो टोगोमा रहेको क्षेत्रिय साझेदार एएसकेवाइ एयरलाईन्सकालागि पनि गुयना सरकारसँग रणनीतिक साझेदारी सुरु गरिसकेको छ। इथियोपियाले अन्य धेरै अफ्रिकी देशको बजार हिस्सा ओगट्न सफल हुनेछ। 

सन् २०१८ को अप्रिलमा एयरलायन्सले घोषणा गर्यो-‘अब हामी एरोस्पेस उत्पादन समेत सुरु गर्नेछौं।’ इथियोपियन एयरलाइन्सले एयरक्राफ्टका स्पेयरपार्टको डिजाइनिङ तथा उत्पादनमा समेत विश्वका उत्कृष्ट उत्पादक कम्पनीसँग साझेदारी गर्न खोजिरहेको छ। गत जुलाइदेखि नै कम्पनीले जर्मनीको एसिएम एरोस्पेससँग मिलेर एयरक्राफ्टका सिट कभर, सेफ्टी बेल्ट, कार्पेट तथा अन्य इन्टेरियरहरुको उत्पादन थाल्ने सम्झौता गरिसकेबाट भविष्यमा इथियोपियन एयरलाइन्स ‘एयर-जायन्ट’ बनेर निस्किने संकेत गरेको छ। 

नेपालमा पनि वायु सेवा निगमले जहाज ल्याएको छ। तर उडाउने ठाउँ पाएको छैन। न त कुनै बिजनेस प्लान नै छ। सरकार र निगमले पनि इथियोपियन एयरलाइन्सबाट सिकेर आफ्नो लक्ष्य निर्धारण गर्न सक्छ भनेर यो स्टोरी प्रकाशित गरिएको हो।
(एजेन्सीको सहयोगमा)