BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकको भिसा कार्डबाट किनमेल गर्दा ‘क्यास ब्याक’ पाइने, ५०० रुपैयाँसम्म फिर्ता

२०७५ मंसिर १४

एनआइसी एसिया बैंकको भिसा कार्डबाट किनमेल गर्दा ‘क्यास ब्याक’ पाइने, ५०० रुपैयाँसम्म फिर्ता
एनआइसी एसिया बैंकको भिसा कार्डबाट किनमेल गर्दा ‘क्यास ब्याक’ पाइने, ५०० रुपैयाँसम्म फिर्ता

काठमाडौं। एनआइसी एसिया बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डबाट हुने खरीदमा क्यास ब्याक दिन अफर ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो। यो स्किम डिसेम्बरदेखि जनवरीसम्म लागू हुने छ। 

बैंकको ४ लाख ५० हजारभन्दा बढि भिसा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु छन्। यो स्किमबाट बैंकका सबै कार्डहोल्डरहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ।

बैंकका २६८ शाखा, २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ ईकाई छन्। बैंकको वासलातको आकार २११ अर्ब भन्दा माथि पुगिसकेको छ।