BIZMANDU
www.bizmandu.com

मध्यम वर्गले शेयरबाट ५ खर्ब गुमाउँदा सरकार मौन छ, प्रतिपक्षी बोल्दैन, शेखर गोल्छाको विश्लेषण

२०७५ मंसिर १४

मध्यम वर्गले शेयरबाट ५ खर्ब गुमाउँदा सरकार मौन छ, प्रतिपक्षी बोल्दैन, शेखर गोल्छाको विश्लेषण
मध्यम वर्गले शेयरबाट ५ खर्ब गुमाउँदा सरकार मौन छ, प्रतिपक्षी बोल्दैन, शेखर गोल्छाको विश्लेषण


बितेका चार वर्षमा शेयर बजारबाट नेपालको मध्यम वर्गीय जनाताले ठूलो रकम गुमाइसकेका छन्। ठूलो रकम डुबिरहँदा न केन्द्रिय बैंक, न मन्त्रालय कसैलार्इ पनि चासो छैन। देशको अर्थतन्त्रको सूचकको रुपमा रहने स्टकको सूचक नेप्से निरन्तर घट्दा यो राष्ट्रिय चिन्ताको बिषय हुनु पर्ने थियो। अरु देशहरुमा शेयर बजार देशको अर्थतन्त्रको सूचकको रुपमा चिनिन्छ। 

Tata
GBIME
Nepal Life

शेयर बजारको सबैभन्दा उच्च सूचकलार्इ आधार मानेर अहिलेको अवस्थासम्ममा हिसाव गर्ने हो भने ५ खर्ब रुपैयाँ भन्दा धेरै गुमाइकेका छन्। यस अवस्थामा नेपालको मध्यम वर्गका साथसाथै ठूलो ठूलो रकम लगानी गर्ने माथिल्लो वर्गका नेपाली समस्यामा परेका छन्। माथिल्लो वर्गका लगानीकर्ता जो यति धेरै योजना बनाएर शेयर बजारमा प्रवेश गरेका हुन्छन्, तैपनि उनीहरुले धेरै पैसा गुमाउनु परेको छ। यस्तो अवस्थामा कसैले पनि बोलिरहेको छैन। यस्तो वेलामा प्रतिक्षी नेपाल काङ्ग्रेसले भए पनि केही बोल्नु पर्ने थियो। तर उ पनि मौन छ। 

यदि हामीले चीनको शेयर बजारलार्इ हेर्ने हो भने केन्द्रिय बैंकले शेयर बजारलार्इ पुनर्ताजगी गर्नको लागि ठूलो रकम दिएको थियो। मार्जिन ल्याण्डिङमा सहजता प्रदान गर्नेदेखि धेरै कुरामा लचकता अपनाएको थियो। त्यस्तै भारतको केन्द्रिय बैंकले पनि शेयर बजारको विकासको लागि धेरै कुराहरुमा सहजीकरण गरिदिएको थियो। यसका साथै सरकारले आफ्नो नीति तथा कार्यक्रममा शेयर बजारको विकासका लागि धेरै कार्यक्रम ल्याएको पाइन्छ। जसले गर्दा त्याहाँको शेयर बजार आजको दिनमा धेरैमाथि पुगिसकेको छ। बजार तल झर्दै गर्दा त्याहाँको केन्द्रीय सरकार तथा केन्द्रीय बैंकले चासो दिएर सुधारका कार्यक्रम ल्याउने गरेका छन्। 

नेपालको शेयर बजारमा रियल सेक्टर (वास्तबिक क्षेत्र) को हिस्सा एक प्रतिशतभन्दा माथि छैन। अन्य देशमा रियल सेक्टरले शेयर बजारलार्इ नै नेत्रृत्व गरेको पाइन्छ। हुन त सरकारले चालु आर्थिक वर्षमा रियल सेक्टरलार्इ शेयर बजारमा ल्याउने बताएको छ। तर शेयर निष्काशनको लागि यति धेरै जटिलता छन्। जसले सहजै रुपमा ती क्षेत्र शेयर बजारमा आउन सक्ने अवस्था छैन। म आफै नेपाल धितोपत्र बोर्डमा बसेर काम गरेको अनुभवले पनि रियल सेक्टर आउने प्रकृया धेरै जटिल छ। रियल सेक्टरलार्इ शेयर बजारमा भित्र्याउन केही न केही जोखिम लिनु नै पर्छ। 

शेयर बजार र बैंक ब्याज दरबीच अन्तर निहित सम्बन्ध रहेको हुन्छ। बैंक ब्याजदर बढ्यो भने अधिकांस मानिसले मुद्दती निक्षेपमा पैसा जम्मा गर्न खोज्छन्। अर्थात उनीहरुले शेयर बजारमा भएको पैसा निकालेर बैंकमा जम्मा गर्न थाल्छन्। अहिलेको अवस्थामा बैंक व्याज दर एकदमै उच्च छ। यसको चक्रिय प्रभावले समग्र वित्तीय क्षेत्रमा लिक्विडिटी क्राइसिस पैदा गर्छ। 

तर लिक्विडीटी क्राइसिसको कुनै पनि समाधान हुनै सकेको छैन। यसले सबै क्षेत्रलाई समस्यामा पार्न थालेको छ। मेरो जीवनमा अहिलेसम्म यस्तो टाइट लिक्विडिटी देखेकै थिइन। जति पनि पैसा छ सरकारकै ढुकुटीमा गएर रोकिन्छ। 

सरकारले आफ्नो लक्ष्यभन्दा ३५ प्रतिशत बढि राजस्व उठाएको छ तर पैसा भने ढुकुटीमा अड्किएर बसेको छ। पैसा नघुमेपछि व्यापार व्यावसायदेखि शेयर बजार ठप्प हुन्छ। अहिले बैंकमा ५० लाख रुपैयाँ माग्न जाँदा पनि पाइँदैन। सरकारले यसको समाधानको लागि के के उपाय छन् सोच्नु पर्छ। सरकारले आक्रामक रुपमा समाधानका गर्न लाग्नु पर्छ। पुनर्कर्जालार्इ आक्रामक रुपमा अगाडि बढाउनु पर्छ। यससँगै केही पैसा बाहिर आउन थाल्नेछ। यसले गर्दा बजारमा पैसाको रोटेसन बढ्छ। रोटेसन बढेसँगै बैंकको व्याजदर पनि घट्न थाल्छ। व्याजदर घटेसँगै यसको प्रभाव शेयर बजारमा पनि पर्नेछ। हाम्रो समान्य नियमले पनि ब्याजदर घट्ने हो भने शेयर बजारलार्इ बढाउन मद्दत गर्नेछ। 

हाम्रा निकायले शेयर बजारलार्इ हेर्ने दृष्टिकोण पनि संकुचित छ। कुनै पनि देशको शेयर बजारमा हेर्ने हो भने बैंक तथा वित्तीय क्षेत्रभन्दा रियल सेक्टरको हिस्सा बढि हुन्छ। तर नेपालमा वित्तीय क्षेत्रको हिस्सा धेरै छ। यति धेरै हिस्सा भएको बैंक तथा वित्तीय क्षेत्रको नाफा अर्गानिक हुन्छ। बैंक तथा वित्तीय संस्थाको नाफा लगभग निष्चित हुन्छ। राम्रो नाफा गर्न सक्ने भनेका रियल सेक्टरले नै हो। 

नाफा तथा प्रतिफल निश्चित हुने बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य केहि वर्ष अगाडि ओभर भ्यालु थियो। कारण शेयर बजारमा यी कम्पनीहरुको मात्रै बाहुल्यता हुँदा बजार धेरै तरल भयो। त्यसैले शेयर बजारको दीगपनाको लागि अहिले भएको शेयर संचरनालार्इ नै परिवर्तन गर्ने गरी निति ल्याउनु पर्छ। यसका लागि धेरैभन्दा धेरै रियल सेक्टर आउनु पर्छ। यस बाहेक आवश्यक नीति तथा कार्यक्रम ल्याएर शेयर बजारको पुर्नताजगी गर्नु पर्छ। जसरी हुन्छ शेयर बजारको स्थायित्वका लागि अगाडि बढ्ने दीर्घकालिन कार्यक्रम ल्याउनु पर्छ। 
(गोल्छा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुन्।)