BIZMANDU
www.bizmandu.com

प्रचण्ड र आङ साङ सूकीले उद्घाटन गरे चेम्बर एक्स्पो, भृकुटीमण्डपको एक्स्पोमा यस्ता छन् सामान

२०७५ मंसिर १३

प्रचण्ड र आङ साङ सूकीले उद्घाटन गरे चेम्बर एक्स्पो, भृकुटीमण्डपको एक्स्पोमा यस्ता छन् सामान
प्रचण्ड र आङ साङ सूकीले उद्घाटन गरे चेम्बर एक्स्पो, भृकुटीमण्डपको एक्स्पोमा यस्ता छन् सामान


काठमाडौं।राजधानीको भृकुटीमण्डपमा बिहिबारदेखि 'नेपाल चेम्बर एक्स्पो २०१८' सुरु भएको छ।

Tata
GBIME
Nepal Life

नेकपाका अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड' र म्यानमारकी स्टेट कन्सुलर आङ साङ सूकीले संयुक्त रुपमा  एक्स्पो उद्घाटन गरेका हुन्। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको एक्स्पोमा सहआयोजक म्यानमार रहेको छ। एक्स्पोमा पनि भीर मौरीको मह,पश्मिना,काष्ठकलाका सामाग्री,ज्वेलरी,गलैंचा,किताबहरु,नेपाली पोशाक, खानेकुरा लगायतका सामाग्रीहरु राखिएको छ।

एक्स्पोमा  नेपाल सहितम्यानमार,चीन,कोरिया,थाइल्याण्ड,मलेसिया,भारत,पाकिस्तान,जापान, लगायतका देशका स्टल पनि छ।एक्स्पोमा ६० प्रतिशत नेपाली वस्तुका स्टल छन् भने त्यसपछि म्यानमारको छ। एक्स्पोमा १५ वटा चीनको स्टल छ। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौमा भएको यो एक्स्पोले आर्थिक क्रियाकलापमा नयाँ आयाम थप्ने बताए।

कार्यक्रममा नेकपाका अध्यक्ष दाहालले नेपालले लामो समयको राजनीतिक उतरचढाव ब्योहोरेको बताउँदै अब राजनीतिक स्थायित्व भएको बताए। उनले राजनीतिक स्थायित्वसँगै आर्थिक विकासमा लाग्नुपर्ने बताए। दाहालले विस्तारै नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न उद्योगीलार्इ आग्रह गरे।

म्यानमारकी स्टेट कन्सुलर आङ साङ सूकीले एक्स्पोले दुर्इ देशको व्यापारिक सम्वन्धलार्इ थप उचार्इमा पुर्याउने बतार्इन्।नेपाल र म्यानमारबीच ३२ करोड ३१ लाख रुपैयाँ बराबरको व्यापार छ। म्यानमारबाट नेपालमा कृषिजन्य  र वनसम्वन्धी सामाग्रीहरु आयात हुने गरेको छ भने नेपालबाट तयारी पोशाक, गलैंचा लगायतका सामाग्री निकासी हुन्छ। नेपालका २० वटा उद्योग म्यानमारमा दर्ता भएका छन्।