BIZMANDU
www.bizmandu.com

विदेशबाट फर्किएकाले १० लाख ऋण पाउन यहाँ गराउनु पर्छ सीप परीक्षण, यस्ता छन् २० पेसा

२०७५ मंसिर १२

विदेशबाट फर्किएकाले १० लाख ऋण पाउन यहाँ गराउनु पर्छ सीप परीक्षण, यस्ता छन् २० पेसा
विदेशबाट फर्किएकाले १० लाख ऋण पाउन यहाँ गराउनु पर्छ सीप परीक्षण, यस्ता छन् २० पेसा

काठमाडौं। सरकारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशबाट फर्केका नेपालीलार्इ निशुल्क सीप परीक्षण गरि प्रमाणपत्र दिने भएको छ। यसरी प्रमाणपत्र पाएपछि सरकारले घोषणा गरेको १० लाख रुपैयाँको ऋण पाइने छ।

Tata
GBIME
Nepal Life

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेशबाट फर्किएका एक हजार युवाको लागि पहिलो चरणमा सीप परीक्षण गर्ने भएको हो। एक हजारभन्दा बढी आवेदन परेमा पहिला दर्ता गर्ने, एक हजार व्यक्तिको सीप परिक्षण गर्ने र बाँकी आवेदकलाई थप बजेट व्यवस्थापन गरि अर्को चरणमा सीप परीक्षण गरिने छ।

ईच्छुक व्यक्तिले राष्ट्रिय सीप परीक्षण समिति र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको वेवसाइटमा रहेको फारम डाउनलोड गरि आफुलाई पायक पर्ने केन्द्रमा बुझाउनुपर्ने छ।

फारमको साथमा नेपाली नागरिकताको प्रतिलिपि, स्वदेश फर्किदा अध्यागमनले छाप लगाएको पाना सहितको पासपोर्टको प्रतिलिपि, वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजातहरु, दुई प्रति फोटो सहित बुझाउनुपर्ने छ।

फारम भर्दा सिप परिक्षण हुने २० वटा पेशामध्ये कुनै एक पेशामा मात्र भर्नुपर्ने वोर्डको सूचनामा उल्लेख छ।

सिप परिक्षण हुने पेशाहरु
विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर,स्क्राप फोल्डर, सटरिङ कार्पेन्ट्री, स्टोन लेयर मेकर (डकर्मी), विल्डिङ इलेक्ट्रिसिएन, इण्डस्ट्रियल इलेक्ट्रिसिएन, असिष्टेन ब्युटिसियन, असिष्टेन वेटर, केयर गिभर, कमि तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आल्मुनियम फेब्रिकेटर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिकल्स, सेक्युरिटि गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटर।

फारम संकलन हुने केन्द्रहरु
प्रदेश १ मा झापा र सुनसरी, प्रदेश २ मा सिराहा, धनुषा र पर्सा, प्रदेश ३ मा मकवानपुर, भक्तपुर, चितवन र काठमाडौं, प्रदेश ४ मा कास्की र बागलुङ, प्रदेश ५ मारुपन्देही, दाङ र बाँके, प्रदेश ६ मा सुर्खेत र जुम्ला, प्रदेश ७ मा कैलाली, कञ्चनपुर र डोटी।