BIZMANDU
www.bizmandu.com

डलरको स्टक घट्न थालेपछि नेपालीको विदेश घुमघाममा पनि कडाइ, १५०० डलर मात्र सटही सुविधा

२०७५ कात्तिक २०

काठमाडौं। चालु खाता घाटा निरन्तर बढ्न थालेपछि राष्ट्र बैंकले विदेश घुम्न जानेहरुलाई पनि निरुत्साहित गर्न सटही सुविधा घटाइ दिएको छ। एक पासपोर्ट बराबर २५०० डलरसम्म सटही सुविधा पाइने गरेकोमा अबदेखि १५ सय डलर मात्र सटही सुविधा पाइने भएको छ।

Tata
GBIME
Nepal Life

आयातमा भएको उच्च बृद्धिका कारण चालु खाता घाटा बिस्तार भएर आकासिएपछि राष्ट्र बैंकमार्फत सरकारले यसमा अंकुस लगाउन खोजेको हो। सरकारले सवारी साधनको कर्जामा पनि कडाइ गरेको छ। 

लोडसेडिङको अन्त्य भयो भनिरहँदा पेट्रोलियम पदार्थको आयातमा भने कुनै कमी आएको छ। नेपालीहरु पछिल्लो समय विदेश घुम्ने क्रम पनि बढेको छ। राष्ट्र बैंकका अनुसार गत बर्ष पर्यटकले नेपालमा खर्च गर्ने हाराहारीमै नेपालीले विदेशमा खर्च गरेका थिए। 

आयातसँगै घुमघाममा नेपालसँग रहेको विदेशी मुद्राको स्टक कम हुन थालेपछि कडाइ गरिएको हो। राष्ट्र बैंकले विदेशी अन्य सटहीमा पनि अंकुस लगाएको छ।