BIZMANDU
www.bizmandu.com

एनएसीले तत्काल बोइङ नबेच्ने, केही महिना उडान गर्न मर्मतका लागि मलेसियापठाइयो


एनएसीले तत्काल बोइङ नबेच्ने, केही महिना उडान गर्न मर्मतका लागि मलेसियापठाइयो
एनएसीले तत्काल बोइङ नबेच्ने, केही महिना उडान गर्न मर्मतका लागि मलेसियापठाइयो



काठमाडौं। नेपाल वायुसेवा निगमले बोइङ-७५७ तत्कालै बिक्री नगर्ने भएको छ। निगमले फेब्रुअरीसम्म उडान गर्ने योजनासहित मर्मतका लागि मलेसिया पठाएको छ। निगमले एक साता अघि 'थर्मल ब्ल्याङ्केट' र 'सि-डक्ट' मर्मतका लागि मलेसिया पठाएको हो।

Tata
GBIME
Nepal Life

बोइङ मर्मतका लागि तीन करोड रुपैयाँ लाग्नेछ। बोइङको इन्जिन साइकल अझै बाँकी रहेकोले मर्मत गरेर जहाज चलाउने योजना निगमले बनाएको हो।निगमले यो जहाज बिक्रीका लागि आर्थिक मूल्यांकन गर्न स्वीजरल्याण्डको फिन्टेक कम्पनीलार्इ परामर्शदाता नियुक्ति गरेको थियो। निगमले २० लाख रुपैयाँ खर्चिएर जहाज बिक्रीका लागि फिन्टेकलार्इ नियुक्ति गरेको थियो। इन्जिन फेर्ने/नफेर्ने बारेमा भने स्पेननै लगेर हेर्नुपर्ने निगम स्रोतले बतायो।

एक सय ९० सिट क्षमता रहेको जहाज खरिद गरेको अवधिदेखि हालसम्म ८९ हजार घण्टा उडान गरिसकेको छ। 'लङ हल' (लामो रुट)मा उडान भर्ने उद्देश्यले सन् १९८७ सेप्टेम्बर १९ तारिखमा 'कर्णाली' खरिद गरेको थियो। दोस्रो बोइङ ' गण्डकी' सन् १९८८ सेप्टेम्बर १ मा खरीद गरेको थियो। निगममा त्यसबेला कार्यकारी अध्यक्ष र्इश्वरीलाल श्रेष्ठ थिए  भने बलिराम सिंह महाप्रवन्धक थिए।

निगमले बोइङ कार्गो र पेसेन्जर बोक्ने 'कम्बी' जहाज ल्याएको थियो। त्यो बेला निगमले हङकङबाट लाहुरे र नेपाली सेनाको मिसन जाने/आउने यात्रु लक्षित गरेर जहाज संचालनमा ल्याइएको थियो। निगमले यो जहाज मार्फत लण्डन, पेरिस, फ्र्याङ्कफर्ट, दुवर्इ, उडान भरेको थियो। सार्क मुलुक अन्तर्गत माल्दिभ्स, कोलम्बो, ढाका, कराँची, म्यानमार, सिंगापुर, बैंकक, हङकङ, सांघार्इ, ओशाका, दिल्ली, कोलकत्ता ,बैंगलोर, मुम्बई लगायत क्षेत्रमा उडान भरेको थियो।

निगमसँग हाल भएको चारवटा एयरबस र एउटा बोइङले भारतका विभिन्न सहरसहित हङकङ, थाइल्याण्डको बैंककलगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।निगमसँग भएको दुईवटा बोइङ ७५७ मध्ये पहिलो बोइङ 'कर्णाली' गत वर्ष बिबी एयरवेजलाई बिक्री गरिसकेको छ।  बिबी एयरवेजलाई बिक्री गरेको वोइङ एक वर्ष बितिसक्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ।