BIZMANDU
www.bizmandu.com

तामझामका साथ उद्घाटन गरिएको नयाँ सफ्टवेयरमा शेयरको करोबार देखिएन, ब्रोकरबाट मात्र हुँदै 

२०७५ कात्तिक २०

काठमाडौं। अर्थमन्त्रीलाई डाकेर तामझामका साथ उद्घाटन गरिएको पूर्ण स्वचालित अनलाइन प्रणालीमा ब्रोकरबाट भएको कारोबार भने देखिएकव छैन।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेञ्जले मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडालाई डाकेर पाँच तारे होटल याक एण्ड यतिमा पूर्ण स्वचालित अनलाइन प्रणालीको उद्घाटन गराएको थियो। 

अनलाइन प्रणालीमा कारोबार नदेखिए पनि ब्रोकर कार्यालयबाट भने कारोबार भइरहेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए। 

उनले भने 'नयाँ प्रणालीमा लाइभ कारोबार भएको तथ्याङ्क साइटमा नदेखिएको हो। तर वाइको र प्राविधिकहरुले साइटमा देखिने बनाउदै छन्।' 

नेपाल स्टक एक्सचेन्जले तीन वर्ष लगाएर स्वचालिन अनलाइन प्रणाली सुरु गरेको हो।