BIZMANDU
www.bizmandu.com

शेयर बजार अनलाइन प्रणालीमा:  अन्तर्राष्ट्रिय स्तरको हुने बाटो खुल्यो, के भन्छ्न् बजारका विज्ञ?

२०७५ कात्तिक २०

शेयर बजार अनलाइन प्रणालीमा:  अन्तर्राष्ट्रिय स्तरको हुने बाटो खुल्यो, के भन्छ्न् बजारका विज्ञ?
शेयर बजार अनलाइन प्रणालीमा:  अन्तर्राष्ट्रिय स्तरको हुने बाटो खुल्यो, के भन्छ्न् बजारका विज्ञ?

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले लगातर तीन बर्षको प्रयासपछि मंगलबारदेखि स्वचालित अनलाइन प्रणालीबाट शेयर कारोबार सुरु गरेको छ।  अनलाइन निर्माण गर्ने वाइक्रो प्रालिसँगको विवाद त कहिले नेप्सेको आन्तरिक कमोजरीले ११ महिनामा ल्याउने भनिएको अनलाइन प्रणाली निर्माण गर्न दुर्इ वर्ष ८ महिना १५ दिन लाग्यो। 

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज र वाइको प्रालिबिच २०७२ फागुन ४ गते भैरहेको प्रणालीलार्इ विस्थापित गरि स्वचालित अनलाइन प्रणालीको निर्माण गर्ने संझौता भएको थियो। संझौतामा वाइकोले १९ करोड रुपैयाँमा अनलाइन प्रणाली निर्माण गर्ने भनिएको थियो। तर यो प्रणालीको निर्माण भएर उद्घाटन हुन एक वर्ष ९ महिना १५ दिन ढिला भयो साथै लागत पनि ११ करोड रुपैयाँ थपियो।

अनलाइन प्रणाली आउने खवरले कयौंदिन शेयर बजारउतार चढावको खुराक बन्यो। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणाली ल्याउने मितिलार्इ मात्रै कयौं पटक सार्यो। तर आजदेखि यो मिति सर्ने छैन। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार स्वोचालिन अनलाइन प्रणालीको उद्घाटन गरेका छन्। ब्रोकर तथा नेप्सेका अनुसार यस प्रणालीमा अझै धेरै कुराहरु समावेश गर्न बाँकी छ। 

अनलाइन प्रणाली आएसँगै बिजमाण्डूले ब्रोकर, लगानीकर्ता, मर्चन्ट बैंक तथा बजार विश्लेषकहरुसँग उनिहरुको राय लिएको छ। सबैले अनलाइन प्रणालीको उद्घाटनलार्इ नेपालको शेयर बजारको कोशेढुङ्गा सावित भएको बताएका छन्। 

ईश्वरी रिमाल 
आजदेखि सुरु भएको अनलाइन प्रणालीले नेपालको शेयर बजारलार्इ अन्तर्राष्ट्रिय स्तरको बनाउने बाटो खुला भएको छ। विश्वमै शेयर बजारको विकास अनलाइन प्रणालीको विकाससँगै सुरु भएका छन्। भारत, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्समा शेयर बजारको स्थापनासँगै अनलाइन प्रणालीको सुरुवात भएको थियो। भारतमा अनलाइन प्रणाली आएसँगै शेयर बजारमा बैदेशिक लगानीलार्इ पनि अनुमति दिइएको थियो। त्यस्तै पाकिस्तानमा पनि अनलाइन प्रणालीले शेयर बजारको धेरै नै विकास भएको पाइन्छ। 

नेपालमा अनलाइन प्रणाली आउँदैमा शेयर बजार विकास भैहाल्ने अवस्था छैन। अझै पनि लगानीकर्ताले मोबाइलबाट सम्पुर्ण प्रकृया पुरा गर्न सक्ने अवस्था छैन। शेयर खरिद बिक्रीको लागि पुर्ण रुपमा बैंकिङ प्रणालीको विकास भएको छैन्। लगानीकर्ताले ब्रोकरकोमा कारोबारको लिमिट लिएर मात्रै खरिद बिक्री गर्न पाउने व्यवस्था छ। विस्तारै लगानीकर्ताले शेयर खरिद बिक्री गर्दा पूर्ण रुपमा बैंकिङ प्रणालीसँग जोडिने व्यवस्था मिलाउनु पर्छ। 

अम्बिकाप्रसाद पौडेल 
नेपाली पूँजी बजारका लगानीकर्ताले लामो सयमदेखि प्रतिक्षा गर्दै आएको अनलाइन प्रणाली सुरु भएको छ। अनलाइन प्रणाली आएसँगै नेपालको पूँजी बजारले प्रविधिमा फड्को मारेको छ। अहिले विकास गरिएको प्रणालीमा धेरै कुराहरु सुधार हुनु पर्ने देखिए पनि ब्रोकरहरुको एक/डेड सय कम्प्युटरबाट लाखौ लगानीकर्ताको कम्प्युटरमा जाने प्रणालीको विकास भएको छ। यसले पूँजी बजारमा सबैको पहुँच पुग्ने निश्चित छ। 
नयाँ प्रणालीमा अभ्यस्त भएका लगानीकर्तालार्इ अर्को प्रणालीमा अभ्यस्थ हुन केहि समय लाग्छ। साइकल चलाइरहेकाहरुलार्इ मोटरसाइकलमा अभ्यस्थ हुन गाह्रो छ। तर साइकलभन्दा मोटर साइकल धेरै सजोलो हुन्छ। त्यसै नयाँ प्रणालीमा केही दिन असहज लागेता पनि भोलिका दिनमा यो धेरै सहज हुँदै जाने छ। आजदेखि सुरु हुने अनलाइन प्रणाली हामीले खोजेको जस्तै सम्पुर्ण फिचर छैन। तर लामो समयको प्रतिक्षाको अन्य भएकोमा खुशी छौ। 

१५ वर्षभन्दा लामो समयदेखि प्रयोग हुँदै आएको प्रणालीमा सुधार हुन सकेन। तर अपेक्षा गरौ, अहिले ल्याइएको प्रणालीमा समय अनुसार चाँडो चाँडो विकास हुने अपेक्षा गरेका छौ। नयाँ प्रणालीमा चाँडै नै बैंकिङ प्रणाली समावेश गरेर सहज कारोबार हुने व्यवस्था गरिनु पर्नेछ। एक पटक ब्रोकरको कार्यालयमा रजिष्ट्रर भएपछि दोहोर्याएर जानै नपर्ने व्यवस्था हुनु पर्छ। 

लगानीकर्ता आफैले शेयर खरिद बिक्री गर्दा एक किसिमको कन्फिडेन्स बढ्छ। उसले आफुले गरेको करोबारलार्इ अपनत्व गर्न सक्छ। भोलिका दिनमा कभरेज र सहजता दुबै बढ्ने छ। बजारमा विस्तारै डिमान्ड साइट बलियो हुँदै जानेछ। यसले गर्दा शेयर बजारमा तरलता बढ्ने छ। 

ध्रुवकुमार तिमल्सिना 
पुर्ण रुपमा स्वचालित अनलाइन प्रणालीको विकासले नेपालको शेयर बजारमा कोशेढुङ्गा सावित भएको छ। यसले शेयर बजारको प्रणालीलार्इ स्वचालित बनाउँदै गर्दा कारोबारमा सहजता सिर्जना गरेको छ। केहि समय नयाँ अनलाइन प्रणालीप्रति लगानीकर्ता अलमलिने देखिएको छ। तर प्राथमिक बजार विस्तारै कागज विहिन भैसकेको अवस्थामा दोस्रो बजार पनि कागज बिहिन हुने क्रममा अगाडि बढेको छ। 

निरञ्जय टिवेरवाला 
शेयर बजारमा निस्चित क्षेत्रका कम्पनी मात्रै सुचिकृत हुँदै आएकोमा भोलिका दिनमा सबै क्षेत्रका कम्पनी सूचिकृत भएर आउने छन्। यसले पूँजीको अभावका कारणले कुनै पनि आयोजना रोकिदैन। अहिले ३० लाख हाराहारीमा रहेको लगानीकर्ताको संख्या अनलाइन प्रणाली आएसँगै एक करोड नाघ्नेछ। देश विदेशमा रहेका नेपालीले शेयर बजारमा लगानी गर्न सक्ने वातावरण तयार हुनेछ। यससँगै शेयर बजारमा बुझेका लगानीकर्ताको पनि प्रवेश हुनेछ। 

अनलाइन आइसकेपछि साइटमा कम्पनीहरुको राम्रो विश्लेषण गरिएको रिपोर्ट पनि राख्नु पर्छ। यस्तो रिपोर्ट राख्दा लगानीकर्ताहरुले कम्पनीको यथार्थ सूचना प्राप्त गर्न सक्छन्। स्पेकुलेसन गर्ने लगानीकर्ताले स्पेकुलेसन नै गर्छन्। जुवा खेल्नेलार्इ कसैले पनि रोक्न सक्दैन। तर अनलाइन प्रणालीको विकास भएसँगै राम्रा कम्पनी तथा राम्रो लगानी भित्रिने छ। जसले गर्दा आर्थिक विकासलार्इ पनि यसले धेरै ठूलो टेवा पुर्याउनेछ। 

सक्षम लगानीकर्ता शेयर बजारमा आउँदै गर्दा कम्पनीको व्यवस्थापन पनि बलियो हुँदै आउनेछ। यसैले गर्दा समग्र अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्नेछ। सहि नियतले कम्पनी स्थापना गरेका व्यवस्थापनका लागि यो सबैभन्दा राम्रो अवसर हो। सहि नियत र राम्रो प्रतिफल दिन सक्ने कम्पनीलार्इ नै लगानीकर्ताले धेरै पत्याउने छन्। दोस्रो बजारमा लगानी गर्ने लगानीकर्तालार्इ मात्रै फाइदा दिने अनलाइन आयोभन्दा पनि समग्र अर्थतन्त्रको विकासमा एक खुड्किलो अगाडि बढेको छ। 

अमृतनाथ रेग्मी 
कराएर कारोबार गर्ने बेलादेखि अहिले पुर्ण रुपमा स्वचालिन अनलाइन प्रणालीको विकास हुँदै गर्दा नेपालको शेयर बजारले फड्को मारेको छ। सुस्त गतिमै भए पनि नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीको विकास गरेको छ।

अझै पनि बैंकिङ प्रणालीमा आवद्ध नहुँदा यसलार्इ पुर्ण अनलाइन भने भन्न सकिदैन। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणाली विकास गर्दै गर्दा बैंकिङ क्षेत्रलार्इ समावेश गरेको भए राम्रो हुने थियो। अनलाइन प्रणाली भन्ने अनि शेयर खरिद गरेको पैसा तिर्न र बेचेको पैसा लिन पुन ब्रोकरको मै गैराख्नु पर्ने भयो भने झण्झट हुन्छ। 

अनलाइन प्रणालीले मात्रै शेयर बजारको विकास हुँदैन। तत्कालका लागि बजार निर्माताको पनि आवस्यकता देखिन्छ। अनलाइन प्रणाली आएसँगै बजार निर्माताको लागि बाटो खुल्ने भनिएको छ। हेरौ कतिको कार्यान्वयन हुन्छ। 

शेयर बजारको विकास गर्न अझै धेरै कुराहरुको आवश्यकता भए पनि पहिला अनलाइन प्रणाली आयो। यो कदम स्वागत योग्य छ। नेप्से र बोर्डले अझै समय सापेक्ष रुपमा बजारको विकासका लागि काम गर्न बाँकी नै छ।