BIZMANDU
www.bizmandu.com

‘नक्कली सुन किलोको ३५ लाखमा बिक्री, ठगीमा संलग्न तीन जना पक्राउ’, यसरी ठग्न सफल

२०७५ कात्तिक २०

‘नक्कली सुन किलोको ३५ लाखमा बिक्री, ठगीमा संलग्न तीन जना पक्राउ’, यसरी ठग्न सफल
‘नक्कली सुन किलोको ३५ लाखमा बिक्री, ठगीमा संलग्न तीन जना पक्राउ’, यसरी ठग्न सफल

काठमाडौँ। राजधानीमा केही समयदेखि नक्कली सुन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको खुल्न आएको छ। 

Tata
GBIME
Nepal Life

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार नक्कली सुन देखाई ठगी गर्ने तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ जिल्ला गजुरी गाउँपालिका २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोक ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका ३ का राजकुमार तामाङ रहेका रहेका छन्।

उनीहरुले विभिन्न व्यक्तिलाई बजार भाउभन्दा निकै नै सस्तोमा सुन दिने भन्दै बिक्री गरी ठगी गरिरहेको अवस्थामा भक्तपुर चाँगुनारायणबाट पक्राउ गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। एसपी उप्रेतीले भने, 'उनीहरुको धन्दा नै नक्कली सुन देखाएर मानिस लुट्ने रहेको देखिएको छ।' 

उनीहरुले एक किलो सुन ३५ लाखसम्म बेच्ने गरेको खुलेको छ। 

बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँदेखि ५० लाखसम्म पर्न आउँछ। 

गत वैशाख २८ गते महाशाखाबाट खटिएको टोलीले रामेछापका २५ वर्षीय दीपेन्द्र बराइली र सिन्धुपाल्चोकका २७ वर्षीय रमेश बैजुलाई पक्राउ गर्यो५। उनीहरू पक्राउ पर्नुको एउटै कारण थियो- नक्कली सुन ठगी।

उनीहरूले सात किलो सुन ८० लाख रुपैयाँ दिने भन्दै एक व्यक्तिलाई ठगी गर्ने योजना बनाएका थिए। गत जेठ १० गते पनि गोगंबुबाट पोखरा जान लागेका ओमनाथ देवकोटाको साथबाट एक किलो सुन लुटियो। पछि अनुसन्धान गर्दै जाँदा उनको साथबाट लुटेराले लुटेको सुन समेत नक्कली भएको खुल्यो। देवकोटाले सुन १० लाख रुपैयाँमा नगद बुझाएर किनेका थिए।