BIZMANDU
www.bizmandu.com

सामुदायिक लघुवित्तको आइपिओ मंसिर २ बाट, सर्वसाधारणलाई दुर्इ लाख ७३ हजार कित्ता

२०७५ कात्तिक २०

सामुदायिक लघुवित्तको आइपिओ मंसिर २ बाट, सर्वसाधारणलाई दुर्इ लाख ७३ हजार कित्ता
सामुदायिक लघुवित्तको आइपिओ मंसिर २ बाट, सर्वसाधारणलाई दुर्इ लाख ७३ हजार कित्ता

काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंसिर २ गतेदेखि तीन लाख कित्ता सर्वसधारण शेयर निष्काशन गर्ने भएको छ। संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि दुर्इ लाख ७३ हजार कित्ता आइपिओ छिटोमा मंसिर ५ गतेसम्म निष्काशन गर्ने छ।

Tata
GBIME
Nepal Life

यदि पहिलो चरणमा बिक्री नभएमा संस्थाले ढिलोमा पुष २ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआर्इ मर्चेण्ट बैंकिङ जनाएको छ। 

संस्थाले जम्मा निष्काशनमध्ये ४ प्रतिशत अर्थात १२ हजार कित्ता कर्मचारीहरुको लागि र सामुहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात १५ हजार कित्ता शेयर सुरक्षित गरेको छ। 

प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी संस्थापक तर्फको ७० प्रतिशत अर्थात ७ करोड रुपैयाँ र सर्वसाधारण तर्फको ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँ पुग्नेछ। 

प्राथमिक शेयरमा आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ।