BIZMANDU
www.bizmandu.com

तिहार सुरु भएसँगै मिठाइ पसलमा भिड बढ्यो, ड्राइफ्रुट्सका आकर्षक प्याकिङमा तानिए उपभोक्ता


तिहार सुरु भएसँगै मिठाइ पसलमा भिड बढ्यो, ड्राइफ्रुट्सका आकर्षक प्याकिङमा तानिए उपभोक्ता
तिहार सुरु भएसँगै मिठाइ पसलमा भिड बढ्यो, ड्राइफ्रुट्सका आकर्षक प्याकिङमा तानिए उपभोक्ता

काठमाडौं। राजधानीका मिठाइ पसलहरुमा तिहार लक्षित मिठाइ र ड्राइफ्रुट्सको आकर्षक प्याकेटहरुको बिक्री सुरु भएको छ। अघिपछि मिठाइमात्र बिक्री गर्दै आएका मिठाइपसलहरुमा पनि भाइ मसलामा दिइने ड्राइ फ्रुट्सको आकर्षक प्याकेज राखिएका छन्। 

Tata
GBIME
Nepal Life

काजु र किसमिस नेपाली बजारमै खरिद गर्ने र ओखर, पिस्ता, बदाम भने कलकत्तास्थित गणगौरबाटै आयात गर्ने गरिएको कमलादीस्थित गणगौर स्विट्स एण्ड फास्टफुडले बताएको छ। 

गतवर्ष एक हजारवटा ड्राइ फ्रुट्सको ट्रे बिक्री गरेको गणगौर स्विट्सले यसपालीफ पनि गत वर्षकै टार्गेट पुर्यारउने प्रवन्धक विशाल जोशीको अपेक्षा छ। 

ड्राइ फ्रुट्सको ट्रेमा डेढ सय ग्राम देखि दुई सय ग्राम सम्म काजु, किसमिस, बदाम, पिस्ता, ओखर लगायत सामान राखिएको उनले बताए।  

गणगौरले यो वर्ष ग्राहकलाई इण्डियन फ्युजन फ्लेबर दिनका लागि  पालक र पुदिनामा मोलेर घ्युमा तारिएको काजुको प्याक बनाएर विक्रीमा राखेको छ।

गत वर्षको तुलनामा गणगौरमा अर्डर  कम आएपनि ज्योति लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाडौं, नेपाल इन्स्योरेन्स लगायत विभीन्न  नियमित कर्पोरेट हाउसले मिठाइ अर्डर सुरु गरिसकेको उनले जानकारी दिए।

 उनका अनुसार ग्राहकले गणगौर मा १५ सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मको ड्राइ फ्रुट्स  खरिद गर्न सक्नेछन्।

गत वर्षको तुलनामा यो वर्ष ड्राइ फ्रुट्सको मूल्य धेरै वृद्धि भएपछि मूल्य पनि सोही अनुसार बढाउनु परेको उनले बताए। 

ग्राहकले आफ्नो इच्छा अनुसारको विभीन्न 'मिक्स्ड' मिठाइ किलोकै हिसाबमा लान सक्ने कमलादीस्थित संगम स्विट्सका मानव स्रोत प्रवन्धक विकास बोहोराले जानकारी दिए। संगममा ग्राहकले किलोको हिसाबमा मिठाइका प्याकेज खरिद गर्न सक्ने उनले बताए। 

उनका अनुसार ग्राहकले संगममा ग्राहकले चार सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मका ड्राइ फ्रुट्सको प्याकेज खरिद गर्न सक्नेछन्। 

कमलादीस्थित सजनगोठमा ग्राहकले तीन सय ५० रुपैयाँदेखि एघार सय रुपैयाँसम्मको मिठाइका प्याकेज खरिद गर्न सक्नेछन्। 

मिठाइ पसलमा आइतबारबाट विभीन्न कार्यालय, कर्पोरेट लगायतका क्षेत्रबाट अर्डर आउन सुरु गरेको संचालक राम घिमिरेले जानकारी दिए।  

उनका अनुसार ग्राहकले कमलादीस्थित सजनगोठमा  ६ सय रुपैयाँ देखि १८ सय रुपैयाँसम्मको ड्राइ फ्रुट खरिद गर्न सक्नेछन्।   
  
यता गुलाबले भने तिहार लक्षित ड्राइ फ्रुट्स भारतबाटै ल्याउने गरेको कमलादीस्थित गुलाबका इन्चार्ज सुरेश शर्माले जानकारी दिए। 

गुलाबमा ग्राहकले एक सय १९५ रुपैयाँदेखि १२ सय ६० रुपैयाँसम्मको मिठाइ खरिद गर्न सक्नेछन् भने पाँच सय ५० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्मको ड्राइ फ्रुट्स खरिद गर्न सक्नेछन्।

गुलाबमा आइतबारदेखि अर्डर आउन सुरु भइसकेको शर्माले जानकारी दिए। 'विभीन्न कर्पोरेट हाउसहरुबाट अर्डर आउन सुरु भइसकेको छ। ग्राहकको माग अनुसार धमाधम प्याकिङ भइरहेको छ,' शर्माले भने।