BIZMANDU
www.bizmandu.com

नेपालको शेयर बजारको ८२ वर्षिय इतिहास, आइपिओ निष्काशनदेखि अनलाइन प्रणालीसम्म

२०७५ कात्तिक २०

नेपालको शेयर बजारको ८२ वर्षिय इतिहास, आइपिओ निष्काशनदेखि अनलाइन प्रणालीसम्म
नेपालको शेयर बजारको ८२ वर्षिय इतिहास, आइपिओ निष्काशनदेखि अनलाइन प्रणालीसम्म

काठमाडौं। नेपालको शेयर बजारको इतिहास लामो भए पनि अझै पनि अन्तर्राष्ट्रिय स्तरको हुन सकेको छैन। विराटनगर जुटमिल र नेपाल बैंकले वि सं १९९४ मा सर्वसाधारण शेयर निष्काशन गरेपनि त्यसको  व्यावसायिक कारोबार हुन ४० वर्ष कुर्नु पर्यो, त्यो पनि सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना गरेर। 

Tata
GBIME
Nepal Life

साधारण जनाताको पहुँचमा नरहेको यो बजार राणा तथा ठूला व्यापारिको पहुँचमा मात्रै थियो। आफ्नो शेयर बिक्री गर्न आफैले लगानीकर्ता खोजेर लैजानु पर्ने व्यवस्था २०५० सालमा स्थापना भएको नेपाल स्टक एक्सचेन्जले विस्थापित गर्यो। 

नेप्सेको स्थापनासँगै ओपन क्राइ सिस्टमबाट शेयर कारोबार सुरु भयो। यो अवधि २०६४ सालसम्म रह्यो। नेप्सेले कम्युटरकृत स्वचालित कारोबार सुरु गर्न नै १४ वर्ष लगायो। जतिवेला दक्षिण एशियाका अधिकांस देशहरुले स्वचालित अनलाइन कारोबार प्रणालीको सुरु गरिसकेका थिए। 

यसले केही हदसम्म भए पनि शेयर बजारलार्इ प्रविधिमा प्रवेश गरायो। त्यससँगै २०६७ सालमा स्थापना भएको केन्द्रिय निक्षेप प्रणालीले प्रविधिको क्षेत्रमा अझ शेयर बजारलार्इ पेपरलेस बनाउने कार्यको सुरुवात गर्यो। यसले कम्पनीको शेयर प्रमाणपत्रलार्इ अभौतिक गरि डिम्याट खाता मार्फत शेयर कारोबार गर्न मिल्ने बनायो। साथै प्राथमिक बजारलार्इ पुर्ण रुपमा कागज बिहिन बनाउने ठूलो योगदान गर्यो। 

आजदेखि नेपाल स्टक एक्सचेन्जले पनि अनलाइन प्रणालीको कार्यान्वयन गरेर दोस्रो बजारमा पेपरलेस बनाउने प्रयास गरेको छ। यसका लागि अझै धेरै कुराहरु सुधार गर्दै जानु पर्नेछ। त्यो त भोलिका दिनमा हुँदै जाने नै छ।