BIZMANDU
www.bizmandu.com

तिहार र छठको विदामा कार्यालय नछोड्न जलविद्युत आयोजना प्रमुखलाई विद्युत प्राधिकरणको निर्देशन

२०७५ कात्तिक १९

तिहार र छठको विदामा कार्यालय नछोड्न जलविद्युत आयोजना प्रमुखलाई विद्युत प्राधिकरणको निर्देशन
तिहार र छठको विदामा कार्यालय नछोड्न जलविद्युत आयोजना प्रमुखलाई विद्युत प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तिहार र छटको अवसरमा दिएको सार्वजनिक विदाका दिनहरुमा विद्युत उत्पादन केन्द्रका प्रमुखहरुलाई कार्यालय नछोड्न निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

सार्वजनिक विदाका दिनमा केन्द्र प्रमुख, इन्जिनियर र जिम्मेवार प्राविधिकहरु निमित्त तोकेर विदामा बस्ने गरेको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

राष्ट्रिय विदयुत प्रणालीमा ठूला जलविद्युत आयोजनाको भूमिका अंहम हुने हुँदा विदाको समयमा आयोजनामा समस्या आएमा सम्बन्धित वजिम्मेवार व्यक्तीलाई छुट नहुने भन्दै, तिहार र छटको सार्वजनिक विदाको समयमा ड्युटी परेका केन्द्र प्रमुख देखि प्राविधिकहरु सम्मलाई साइट नछोड्न प्राधिकरणले निर्देशन दिएको हो।

प्राधिकरणले कार्यालय छोड्नै परेमा उत्पादन, सञ्चालन तथा सम्भार विभागको अनुमति लिएर आवश्यक परेको  जुनसुकै साइटमा उपस्थित हुने गरि मात्र कार्यलय छोड्न  निर्देशन दिएको छ।

प्राधिकरणले सञ्चालनमा आएका सबै ठूला जलविद्युत आयोजनाका आयोजना प्रमुख, इन्जिनियर र प्राविधिकहरुलाई निर्देशन दिएको जनाएको छ।