BIZMANDU
www.bizmandu.com

तिहारको सुरुवात सँगै शेयर बजारमा १२.३७ अंकको सुधार, भोलिदेखि पूर्ण स्वचालित अनलाईन कारोबार

२०७५ कात्तिक १९

तिहारको सुरुवात सँगै शेयर बजारमा १२.३७ अंकको सुधार, भोलिदेखि पूर्ण स्वचालित अनलाईन कारोबार
तिहारको सुरुवात सँगै शेयर बजारमा १२.३७ अंकको सुधार, भोलिदेखि पूर्ण स्वचालित अनलाईन कारोबार

काठमाडौं।  नेपाल स्टक एक्सचेन्जले भोलि मंगलबारदेखि पूर्णरुपमा स्वचालित अनलाइन प्रणालीबाट कारोबार सुरु गर्ने भए सँगै आज शेयर बजारमा दोहोरो अंकले सुधार देखिएको छ। 

Tata
GBIME
Nepal Life

सोमबार १२.३७ अंकले सुधार भएको शेयर बजारमा २४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ। सम्पूर्ण सूचक तथा उपसूचक हरियो भएको शेयर बजार १.०२ प्रतिशतले बढेको हो।

सोमबार सबै भन्दा धेरै प्रभु बैंकको शेयर ४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबै भन्दा धेरै ६ प्रतिशतले कमाएका छन् भने सिर्जना फाइनान्सका शेयरधनीले १.८६ प्रतिशतले गुमाएका छन्।
  
नेपाल सरकारले आफ्नो ढुकुटीको पैसा बैंकिङ च्यानलमा पढाउने भएसँगै बैंकिङ तरलता सहज हुने अनुमानले शेयर बजारमा केहि प्रभाव पारेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।

नेपाल स्टक एक्सचेन्जले भोलिदेखि अनलाइन प्रणाली सुरु हुने घोषणा गरेसँगै लगानीकर्तामा उत्साह छाएको उनले बताए। लगानीकर्ताले लामो समयदेखि प्रतिक्षा गरेको अनलाईन प्रणाली शेयर बजारमा आउने भए सँगै बजारमा सुधार देखिएको अर्यालले बताए। 

आजदेखि सुरु भएको तिहार र आजै परेको धनतेरसको अवसरमा मारवाडी समुदायले शेयर खरिद गर्ने परिपाटी रहेकोले पनि शेयर बजारमा केहि सुधार भएको बजार विश्लेषकहरु बताउछन्।