BIZMANDU
www.bizmandu.com

नेपाल बैंकको एफपिओ सर्वसाधारणले तिहारपछि कारोबार गर्न पाउने, भोली शेयर सुचीकृत हुँदै 

२०७५ कात्तिक १९

नेपाल बैंकको एफपिओ सर्वसाधारणले तिहारपछि कारोबार गर्न पाउने, भोली शेयर सुचीकृत हुँदै 
नेपाल बैंकको एफपिओ सर्वसाधारणले तिहारपछि कारोबार गर्न पाउने, भोली शेयर सुचीकृत हुँदै 


काठमाडौं। नेपाल बैकको एफपिओ सर्वसाधारणले तिहारपछि कारोबार गर्न पाउने भएका छन्। नेपाल बैंकले शेयर सूचीकरणको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिएपछि तिहार पछाडि कारोबार गर्न पाउने निश्चित भएको हो। 

Tata
GBIME
Nepal Life

नेप्सेमा सूचीकरण भएको एक सातामा दोस्रो बजारमा कारोबार हुन्छ। मंगलबारपछि तिहारको बिदा परेकोले लगानीकर्ताले तिहारपछि मात्रै कारोबार गर्न पाउने भएका हुन्।   

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार गत शुक्रवार बैकले आठ अण्डर राईटरको नाममा शेयर बाँडफाँड गर्दै पुन सूचीकरण गर्न निवेदन दिएको नेपाल बैकका लेखा विभाग प्रमुख शिवराम मिश्रले जानकारी दिए।

आठ प्रत्यभुतकर्ताको नाममा ८३ लाख ९ हजार १०८ कित्ता शेयर बाँडफाँट गरेर नयाँ सूची नेप्सेमा बुझाइएको मिश्रले बताए। तर नेप्सेले आइतबार केन्द्रीय निक्षेप प्रणालिमा पनि अद्यावधिक गरिएको पत्र पठाउन अनुरोध गरेको छ। 

नेप्सेको अनुरोध बमोजिम सोमबार नै पत्र पठाउन केन्द्रीय निक्षेप प्रणालीलाई अनुरोध गरिसकिएको मिश्रले बताए। नेप्सेका अनुसार तोके बमोजिम कागजात बैकले पठाए मंगलवार शेयर सूचीकृत हुने छ। यसअघि सर्वसाधारणले नकिनेको शेयर १२४ जना अन्डरराइटर र सब अन्डरराइटरलाई बाँडफाँड गरिको थियो।

प्रत्याभूतिकर्ताको नाम

प्रत्याभूत कित्ता

प्रति शेयर

प्रत्याभूत रकम

ग्लोबल आइएमई क्यापिटल

1902995

280

532838600

एनआइबिएल एस क्यापिटल

1509709

280

422718520

सिभिल क्यापिटल मार्केट

755156

280

211443680

सिबिआइएल क्यापिटल

1936191

280

542133480

सनराइज क्यापिटल

604125

280

169155000

लक्ष्मी क्यापिटल मार्केट

755156

280

211443680

सानिमा क्यापिटल

453094

280

126866320

नेपाल एसविआर्इ मर्चेन्ट बैंकिङ

392682

280

109950960

जम्मा

8309108

280

2326550240