काठमाडौं। एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ। लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गतेसम्म आयोजना हुने छ।
एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहेनेछन्। आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई एक्स्पोमा प्रवद्र्धन गरिनेछ। विराटनगरस्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सय भन्दा बढि स्टलहरु रहनेछन्।
प्रदेश १ का सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थाहरु सहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहनेछ।
५० प्रतिशत कर्मशियल आइटी प्रडक्ट तथा सेवाहरुको स्टल रहनेछन् भने ५० प्रतिशत स्टलहरु आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोन सहितका साइन्स एक्जिविसनमा केन्द्रित हुनेछन्।
कमर्शियल स्टलहरुमा स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरुसँगै सफ्टवेयर, एप्लिकेशनहरु रहनेछन्। नयाँ प्रविधिहरुको विशेष प्रदर्शनी हुने एक्स्पोमा स्थानीय आइटी स्टार्टअप तथा उद्यमशिलतालाई प्रवद्धन गर्न ५ वटा स्टल निशुल्क उपलब्ध गराइनेछ। यसको लागि स्टार्टअप कम्पनीहरुले अनलाइन आवेदन दिन सक्नेछन।