BIZMANDU
www.bizmandu.com

माथिल्लो तामाकोशीको आइपिओमा झण्डै ४ अर्बको आवेदन, सबैलार्इ ५० कित्ता भन्दा धेरै पर्न सक्ने

२०७५ कात्तिक १८

माथिल्लो तामाकोशीको आइपिओमा झण्डै ४ अर्बको आवेदन, सबैलार्इ ५० कित्ता भन्दा धेरै पर्न सक्ने
माथिल्लो तामाकोशीको आइपिओमा झण्डै ४ अर्बको आवेदन, सबैलार्इ ५० कित्ता भन्दा धेरै पर्न सक्ने



काठमाडौं। माथिल्लो तामाकोशीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओमा तेस्रो दिनसम्ममा तीन अर्ब ९५ करोड रुपैयाँको लागि आवेदन परेको छ।

Tata
GBIME
Nepal Life

आइतबारसम्ममा दुर्इ लाख ५ हजार जनाले आवदेन दिएका छन्। कम्पनीले सर्वसाधारणको लागि एक अर्ब ५८ करोड रुपैयाँको आइपिओ निष्काशन गरेको छ। कम्पनीले माग गरेको भन्दा साढे दुर्इ गुणा बढीको आवेदन परिसकेको छ। नेपाल धितोपत्र बोर्डले आवेदन दिनेजति सबैलार्इ न्यूनतम १० कित्ता बाँडफाँड गर्नुपर्ने नियम बनाएकाले शेयर माग गरेजति सबैले पाउने देखिन्छ।

सार्वजनिक शेयर निष्काशनका क्रममा अहिलेमम्म तीन ‍लाख आवेदन कटेका छैनन्। सोमबार ९५ हजार आवेदकले आवेदन दिए पनि तामाकोशीको शेयरमा सर्वसाधरण आवेदकले न्यूनतम ५० कित्ता भन्दा धेरै शेयर पाउने छन्। सर्वसाधारण लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। आवेदनको लागि बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।

कम्पनीको क्रेडिट रेटिङ "इक्रा एनपि आइपिओ ग्रेड चार" रहेको छ। यो रेटिङलार्इ औषतमा दोस्रो खराव ग्रेड मान्न सकिन्छ। सबै भन्दा खराब ग्रेड ५ हो भने सबै भन्दा राम्रो ग्रेड एक हो। कम्पनीको प्रतिमेगावाट लागत १० करोड ८१ लाख रुपैयाँ रहेको छ। सर्वसाधारण शेयर निष्काशन सँगै कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ। आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा प्रतिमेगावाट लागत बढ्ने अनुमान गरिएको छ।