BIZMANDU
www.bizmandu.com

धरहरा पुनर्निर्माणमा सहयोग गर्ने सरोकारवालाको प्रतिवद्धता,  अघिल्लो सातादेखि काम सुरु

२०७५ कात्तिक १८

धरहरा पुनर्निर्माणमा सहयोग गर्ने सरोकारवालाको प्रतिवद्धता,  अघिल्लो सातादेखि काम सुरु
धरहरा पुनर्निर्माणमा सहयोग गर्ने सरोकारवालाको प्रतिवद्धता,  अघिल्लो सातादेखि काम सुरु

काठमाडौं। धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा सहभागीहरुले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधारहरुलाई हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।  

Tata
GBIME
Nepal Life

कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष, नेपाल राष्ट्र बैंक, हुलाक, ट्राफिक प्रहरी, केयुकेएलका प्रतिनिधि, काठमाडौं महानगरपालिका वडा नं २२ का वडाध्यक्षलगायतले धरहरा पुनर्निर्माणका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए ।  

नेपाल टेलिकमका प्रबन्धक झविन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। सञ्चय कोषका कायम मुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनर्निर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न कोष तयार रहेको उल्लेख गरिन्। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी बाटोको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा पुनर्निर्माणको कामलाई अघि बढाइने बताए। अघिल्लो हप्तादेखि धरहरा पुनर्निर्माणको पुनर्निर्माण भइरहेको छ ।