BIZMANDU
www.bizmandu.com

ताम्राकार समूहको लालपर्सामा २० करोडको नयाँ उद्योग, दैनिक १ हजार प्रेसर कुकर उत्पादन गर्ने

२०७५ कात्तिक १८

ताम्राकार समूहको लालपर्सामा २० करोडको नयाँ उद्योग, दैनिक १ हजार प्रेसर कुकर उत्पादन गर्ने
ताम्राकार समूहको लालपर्सामा २० करोडको नयाँ उद्योग, दैनिक १ हजार प्रेसर कुकर उत्पादन गर्ने


वीरगंज। वीरगंजको ताम्राकार समूहले लालपर्सामा २० करोडको उद्योग स्थापना गरेको छ । डेढ दशकले देखि आल्मुनियमको भाडा उत्पादन गर्दै आएको यो समूहले रिना किचेन क्राफ्ट म्यानुफ्याक्चर्स उद्योग स्थापना गरेको हो।

Tata
GBIME
Nepal Life

यो उद्योगले प्रेसर कुकुर उत्पादन गरिसकेको छ। एमआर मेटलमा जग्गा अभाव भएपछि प्रेसरकुकरको लागि छुटै उद्योग स्थापना गरिएको उद्योगका प्रशासकीय अधिकृत सुदर्शन यादवले बताए । नयाँ उद्योग वीरगंज–३० लालपर्सामा पर्ने परवानीपुर–डाईपोर्ट सडक छेउमै छ । दुई विघा क्षेत्रफलमा फैलिएको उद्योगले दैनिक ७ सय देखि १ हजार विभिन्न साइजको प्रेसर कुकर उत्पादन गरिरहेको प्रबन्धक यादवले बताए ।

प्रेसर कुकरको मूल्य न्यूनतम ३६० रुपैयाँ देखि १ हजार ४ सय ७० रुपैयाँ मूल्य पर्छ। उद्योगमा ६५ जनाले रोजगारी पाएका छन् । नेपालमा आइडिया,मारुती,डायमण्ड लगायत १५ वटा उद्योग छन्।वीरगंजका व्यवसायी मोतिकृष्ण ताम्राकारले करिब ०५२ सालमा लिपनीमा एमआर मेटल प्राली स्थापना गरेका थिए। अहिले हाल उनका छोराहरु रोशन ताम्राकार र प्रशन्न ताम्राकारले उद्योग हेरिरहेका छन्।