BIZMANDU
www.bizmandu.com

उदयपुरपछि हेटौंडा सिमेन्टको मेशिनरी मर्मत गरिँदै, उत्पादन क्षमता दुर्इ हजार टन पुर्याइने

२०७५ कात्तिक १७

उदयपुरपछि हेटौंडा सिमेन्टको मेशिनरी मर्मत गरिँदै,  उत्पादन क्षमता दुर्इ हजार टन पुर्याइने
उदयपुरपछि हेटौंडा सिमेन्टको मेशिनरी मर्मत गरिँदै, उत्पादन क्षमता दुर्इ हजार टन पुर्याइने


हेटौँडा। सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 
 
लामो समयदेखि मर्मत एवं जीर्णोद्धार नगरेका कारण उद्योगका मेशिन पुरानो भइसकेको र उत्पादन क्षमताको कमी आएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार एवं विकास गर्न लागेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए । उद्योगलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मकरुपमा विकास गर्न र क्षमता सुधार्नका लागि रु एक अर्ब खर्च लाग्ने भएकाले त्यसअनुरुप रकम जुटाउने प्रयास भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । 
 
‘‘हेटौंडा सिमेन्ट उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि र मूल्य घटाउन लागेको र उद्योगको भट्टीका सामान प्रविधियुक्त जडान गर्नेतर्फ समेत लागेका छौँ’’ महाप्रबन्धक सिंहले भने । २०४२ सालमा जडान गरेको मेशिनबाट उत्पादन घट्दै गएकाले धेरै समस्या थपिँदै गएको त्यहाँका कर्मचारी बताउँछन् । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मर्मतपछि दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । 
 
लामो समयदेखि विभिन्न कारणले घाटामा रहेको उद्योग दुई वर्षदेखि मुनाफामा छ । हेटौँडा उपमहानगरपालिका–९ मा सञ्चालित सो उद्योगको उत्पादन गुणस्तरीय भएकाले यसको माग सर्वसाधारणमा अत्यधिक रहेको हेटौंडाका सिमेन्ट व्यवसायी अजय अग्रवालले बताए। निजी क्षेत्रका धेरै उद्योग खुले पनि यसले आफ्नो उत्पादन क्षमताको विकास गरेमा बजारमा सबैभन्दा बढी यो सिमेन्ट नै बिक्री हुने इञ्जिनीयर हरि पोखरेलले दाबी गरे। यसअघि उदयपुर सिमेन्टले समेत प्लान्टको मर्मत गरेको थियो।
 

Tata
GBIME
Nepal Life