BIZMANDU
www.bizmandu.com

भित्रैबाट ‘ग्रुम’ गर्यो लक्ष्मी बैंकले सिइओ, ४ बर्षका लागि अजय बिक्रम शाह नियुक्त, यस्तो छ अनुभव

२०७५ कात्तिक १६

भित्रैबाट ‘ग्रुम’ गर्यो लक्ष्मी बैंकले सिइओ, ४ बर्षका लागि अजय बिक्रम शाह नियुक्त, यस्तो छ अनुभव
भित्रैबाट ‘ग्रुम’ गर्यो लक्ष्मी बैंकले सिइओ, ४ बर्षका लागि अजय बिक्रम शाह नियुक्त, यस्तो छ अनुभव


काठमाडौं। लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाह नियुक्त भएका छन्। सुदेश खालिङले कार्यकाल सकिएपछि शाहलाई भित्रैबाट प्रमुख कार्यकारी बनाइएको हो।

Tata
GBIME
Nepal Life

एभरेष्ट बैंकसँग मर्जरको आन्तरिक प्रकृया सुरु हुँदा खालिङले तीन महिनाका लागि कार्यकाल नवीकरण गराएका थिए। खालिङ बाहिरिएसँगै शाह चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त भएका हुन्।

लक्ष्मीले विगतको परम्परालाई निरन्तरता दिँदै भित्रैबाट नेतृत्व चयन गरेको हो। यसअघि सुमन जोशीले बैंक छाडेपछि भित्रैबाट खालिङलाई नेतृत्वँ दिइएको थियो।

शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन्। उनले त्यहाँ १० बर्ष काम गरेका थिए। लक्ष्मी बैंकमा उनी १५ बर्षदेखि कार्यरत थिए। कर्पोरेट रिलेसन राम्रो भएका शाहले एभरेष्ट बैंकसँग हुन लागेको मर्जर प्रकृयामा लक्ष्मीबाट नेतृत्व गर्ने छन्। यसका लागि खालिङको पनि सहयोग लिइने छ।