BIZMANDU
www.bizmandu.com

आइएमर्इ पे र मेगा बैंकबीच सम्झौंता, वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सकिने

२०७५ कात्तिक १५

आइएमर्इ पे र मेगा बैंकबीच सम्झौंता, वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सकिने
आइएमर्इ पे र मेगा बैंकबीच सम्झौंता, वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सकिने


काठमाडौं। आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल र आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
 
मेगाबैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे।

Tata
GBIME
Nepal Life

सम्झौताअनुसार मेगा  बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खातालिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मागर्ने जस्ता सेवाहरू प्राप्तगर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। मेगाका सेवाग्राहीहरुले ‘आइएमई पे’ माउपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पाउने बताइएको छ।