BIZMANDU
www.bizmandu.com

आइएमर्इ समूह र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौंता, टेनिस खेल्दा १५ प्रतिशत छुट

२०७५ कात्तिक १५

आइएमर्इ समूह र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौंता, टेनिस खेल्दा १५ प्रतिशत छुट
आइएमर्इ समूह र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौंता, टेनिस खेल्दा १५ प्रतिशत छुट


काठमाडौं। आइएमर्इ समूह र बुढानिलकण्ठमा रहेको नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौंता भएको छ। सम्झौंता अनुसार समूहमा कार्यरत कर्मचारी र आइएमर्इ प्रिभिलेज कार्डवाहक सेवाग्राहीले भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफइन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिसमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा पाउनेछन्।

कम्पनीमा कार्यरत कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत दिने विज्ञप्तिमा उल्लेख छ।यो सुविधा लिनका लागि कर्मचारीलार्इ आइएमर्इ ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचयपत्र र सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई समूहका जनसम्पर्क व्यवस्थापनप्रमुख राजु पौडेल र  नउलिन स्पोर्टसको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरे।