BIZMANDU
www.bizmandu.com

श्याओमीको एफवान स्मार्टफोन सार्बजनिक, मूल्य ३४ हजार ९९९ रुपैयाँ, यस्तो छ फिचर

२०७५ कात्तिक १५

श्याओमीको एफवान स्मार्टफोन सार्बजनिक, मूल्य ३४ हजार ९९९ रुपैयाँ, यस्तो छ फिचर
श्याओमीको एफवान स्मार्टफोन सार्बजनिक, मूल्य ३४ हजार ९९९ रुपैयाँ, यस्तो छ फिचर


काठमाडौं। अन्तर्राष्ट्रिय मोबाइल निर्माता श्याओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको एफवान स्मार्टफोन भित्र्याएको छ। श्याओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउनेछ। 

Tata
GBIME
Nepal Life

आज सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन हो। यसमा प्रयोग भएको अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेकनोलोजी कुलिङ सिस्टम र ४००० एमएएचको ब्याट्री रहेको विज्ञप्तिम उल्लेख छ। 

श्याओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने“पोको मतलब सानो। हाम्रो सोच भनेको सानो तरिकाले सुरुवात गर्ने तर ठूलो सपना देख्न नछोड्ने भन्ने हो।” 

यसको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यसमा ६ जिबिको ¥याम र ६४ जिबिको रोम हुनेछ। पोकोफोन एफवान, मास्टर अफ स्पीड पोकोफोन एफवान गेमिङ्गको गर्नको लागि र ठूला किसिमका आप्लिकेशन प्रयोग गर्न रुचाउने उपयोगकर्ताहरुकोलागि उपयुक्त स्मार्टफोन हो। 
यसमा रहेको क्वालकोम स्नापड्रागन ८४५ एसओसी र लिक्विडकुल कुलिङ प्रविधिले सिस्टम स्लो हुने र फोन तात्ने समस्याबाट प्रयोगकर्ताहरुलाई मुक्त गर्ने विज्ञप्तिमा उल्लेख छ। 

विविध आन्तरिक परिक्षणले यो फोनको सिस्टम अरु साधारण फोनको सिस्टम भन्दा ३०० प्रतिशतले प्रभावकारी भएको देखाएको कम्पनीले जनाएको छ। यसले सिपियूमा आउने तातोपनलाई छिटै चिसो बनाउँछ। 

गुणस्तरीय र प्रभावकारी सेवाको लागि प्रतिबद्ध रहेर बढ्दै छ । विश्वस्तरीय सामानलाई उचित मूल्यमा सबैका लागि उपलब्ध गराएर जनजीवनलाई प्रविधिमय बनाउन श्याओमी सधैँ लागिपर्नेछ ।

श्याओमी संसारकै चौथो ठूलो स्मार्टफोन ब्राण्ड हो। यसले संसारकै सबैभन्दा ठूलो आइओटी उपभोगता प्लाटफर्म स्थापना गरेको छ । यस प्लाटफर्मको उपयोग १० करोड स्मार्ट डिभाइसहरुले गर्छन्। अहिले श्याओमीको उत्पादनहरु ७० भन्दा धेरै देश र क्षेत्रहरुमा प्रयोग हुन्छन्।