BIZMANDU
www.bizmandu.com

तिहारका लागि ब्यापारिक चहलपहल सुरु, तस्बीरमा हेर्नुस् माटोका दियोदेखि पुजा सामाग्रीको तयारी

२०७५ कात्तिक १५

तिहारका लागि ब्यापारिक चहलपहल सुरु, तस्बीरमा हेर्नुस् माटोका दियोदेखि पुजा सामाग्रीको तयारी
तिहारका लागि ब्यापारिक चहलपहल सुरु, तस्बीरमा हेर्नुस् माटोका दियोदेखि पुजा सामाग्रीको तयारी

काठमाडौं। हिन्दुहरुको महान चाड तिहार (दिपावली) लाई लक्षित गरी व्यापारिक चहलपहल सुरु भएको छ। 

Tata
GBIME
Nepal Life

फुल, माटाका दियोदेखि रङ्गीचङ्गी सजावटका सामग्रीहरु राजधानी भित्रिन थालिसके छन्। राजधानी वाहिरका शहरहरुमा पनि चहलपहल देखिन थालेको छ।

यसपाली तिहारको बिदा कात्तिक २१ गतेबाट सुरु हुँदैछ। २१ गते लक्ष्मी पुजा परेको छ। भाइटिका २३ गते परेको छ। लक्ष्मी पुजादेखि भाइटिकासम्म फुल, भाइमसला, सजावटका सामग्री, दियो, पुजा सामग्री आवश्यक पर्छ। 

वीरगंजको घण्टाघरमा बेच्न राखेको माटाका दियोहरु। माटाका दियोहरु शुद्ध हुने भएकाले अहिले यसको बिक्री बढेको छ। तस्वीरः वीरेन्द्र कर्ण वीरगंज/रासस


भक्तपुरको ताथलीमा तिहारका लागि बिक्रीमा राखिएको मखमली फूलको माला । तस्वीर: चन्द्रकला क्षेत्री, भक्तपुर/रासस