BIZMANDU
www.bizmandu.com

दरबारमार्गमा मल्टिनेशनल ब्राण्ड ‘क्याफे कफी डे’ को आउटलेट खुल्यो, कफीका साथै अन्य परिकार पाइने

२०७५ कात्तिक १४

दरबारमार्गमा मल्टिनेशनल ब्राण्ड ‘क्याफे कफी डे’ को आउटलेट खुल्यो, कफीका साथै अन्य परिकार पाइने
दरबारमार्गमा मल्टिनेशनल ब्राण्ड ‘क्याफे कफी डे’ को आउटलेट खुल्यो, कफीका साथै अन्य परिकार पाइने


काठमाडौं। भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डे ले आफ्नो तेस्रो आउटलेटका रुपमा दरबारमार्गमा शाखा बिस्तार गरेको छ ।
नायिका स्वस्तिमा खड्काले बुधबार आउटलेटको उद्घाटन गरिन्।  

Tata
GBIME
Nepal Life

क्याफेले सम्पूर्ण मेनुलाई परिमार्जन गरेको जनाएको छ। नयाँ मेनु दरबारमार्ग सँगै अन्य आउटलेटहरूमा पनि उपलब्ध गराइने क्याफेले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

मेनुमा पिज्जाका साथै बिर्र्यानी, चिकेन बटर मसला विथ राइश र वोक टोस्ट ओरिएंटल फ्राइड राइस जस्ता परिकारहरु राखिएको जनाएको छ ।
नयाँ आउटलेट दुईटा फ्लोरमा विभाजित गरिएको छ जसको पहिलो तल्लामा ४० जना बस्ने क्षमता छ भने दोश्रो तल्लामा ३० जनाको सिट क्षमता रहेको छ ।

नेपालमा ब्रान्ड क्याफे कफी डेका मास्टर फ्रान्चाइजी र स्तव्य हस्पिटालिटीका निर्देशक रवि तिब्बरालाले भने, “सीसीडीले पहिले देखिनै कयौं अन्तर्रा्ष्ट्रिय बजारमा आफ्नो बलियो पकड़ बनाइसकेको छ। दरवारमार्गमा नयाँ आउटलेट लन्च गरेकोमा हामी एकदमै खुसी छौं।’

क्याफेको यसअघि जाउलाखेल र बसन्तपुरमा आउटलेट संचालनमा छन्। क्याफे कफी डेले नेपालका अन्य स्थानहरूमा  पनि आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको बिज्ञप्तीमा जनाएको छ ।